Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

बुद्ध जयन्ती भव्यताका साथ मनाउँदै बौद्ध धर्म सेवा समिति

बुद्ध जयन्ती भव्यताका साथ मनाउँदै बौद्ध धर्म सेवा समिति

images

इच्छाकामना न्युज

१७, बैशाख २०८३
बुद्ध जयन्ती भव्यताका साथ मनाउँदै बौद्ध धर्म सेवा समिति
images

भरतपुर ।

बौद्ध धर्म सेवा समिति चितवनले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि बुद्ध जयन्तीलाई भव्यताका साथ मनाउने भएको छ । महाबौद्ध गुम्बा तीनखोले,भरतपुरमा भव्य कार्यक्रम आयोजना गरेर २५७०औँ बुद्ध जयन्ती मनाउने तयारी गरिएको बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो ।

images (6).jfif

वैशाख १८ गते परेको बुद्ध जयन्तीका लागि गुम्बा परिसरमा सरसफाइ गरेर लुङ्दा तथा ध्वजापताकामार्फत सजिसजाउ गरिएको छ । त्रिसंयोग अर्थात् जन्मिएको दिन, सम्यक सम बुद्धत्व ज्ञान प्राप्त गरेको दिन र महापरिनिर्वाण भएको तिथिमा बुद्ध जयन्ती मनाउँदै आइएको छ । भगवान् गौतम बुद्धको ज्ञान, गुण र अमृतमय उपदेशलाई स्मरण गर्दै विभिन्न खालका कार्यक्रम सञ्चालन गरिने समितिका अध्यक्ष दलबहादुर गुरूङले जानकारी दिए ।

unnamed-2-10-1068x801.jpg

उनका अनुसार बुद्ध जयन्तीका दिन बिहान ६ देखि ७ बजेसम्म शुद्धीकरण पूजा, ७ देखि १० बजेसम्म शान्ति पदयात्रा हुनेछ । गुम्बा परिसरबाट निस्कने पदयात्राले विशालचोक, दीपेन्द्रचोक, वीरेन्द्र क्याम्पसचोक हुँदै शहीदचोकबाट मिलनरोड हुँदै लीलाचोक, रामेश्वर मन्दिर, तरकारी बजारदेखि बुद्ध टोल हुँदै पुनः गुम्बामा आइपुग्ने तालिका रहेको अध्यक्ष गुरूङले बताए ।

दिउँसो १ बजेपछि बौद्ध आचार्य लोपेन रिन्छेन दोर्जे (सञ्जीव) गुरूङबाट धर्मदेशना हुनेछ । उक्त कार्यक्रममा सहभागी भई सहयोग गरिदिन पनि समितिले आग्रह गरेको छ । बुद्ध जयन्ती केवल पर्वमात्रै नभई धर्मरक्षाका लागि पनि मनाइने हुँदा बुद्धधर्मप्रति आस्था राख्ने सबैका लागि पुण्य प्राप्त गर्ने अवसरसमेत रहेको उनको भनाइ छ ।

images
प्रकाशित मिति :बैशाख १७, २०८३ बिहिवार - १०:४४:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology