Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

युरिया मल उत्पादन कारखान स्थापनाको प्रक्रिया अघि बढ्यो 

युरिया मल उत्पादन कारखान स्थापनाको प्रक्रिया अघि बढ्यो 

इच्छाकामना न्युज

२९, फाल्गुण २०७७
युरिया मल उत्पादन कारखान स्थापनाको प्रक्रिया अघि बढ्यो 

काठमाण्डौ, २९ फागुन । सरकारले नेपालमै युरिया मल उत्पादन कारखाना स्थापनाको प्रक्रिया अगाडि बढाएको छ । सरकारद्वारा गठित कार्यदलले कारखाना स्थापनाका लागि ३ वटा कम्पनीले तयार पारेको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) अध्ययन गरिरहेको कृषि मन्त्रालयले जनाएको छ ।

images

वार्षिक २० लाख मेट्रिक टनसम्म उत्पादन गर्नसक्ने कारखानाका लागि आवश्यक बजेट, अन्य पूर्वाधार र प्राविधिक जनशक्तिव्यवस्थापनका बारेमा पनि कार्यदलमा छलफल भइरहेको छ । सरकारले छनोट गरेका तीनवटा परामर्शदाता कम्पनीले सम्भाव्यताबारे फरकफरक किसिमको प्रतिवेदन पेश गरेका कारण निष्कर्षमा पुग्न ढिलाइ भएको कृषि मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले सीआईएनसँग बताउनुभयो । कार्यदलले विज्ञहरुसँगको परामर्शमा डिपीआरलाई परिमार्जन गरिरहेको र अर्को आर्थिक वर्षको नीति कार्यक्रममै मल कारखाना स्थापनाको कुरा समावेश भइ बजेट बिनियोजन हुने उहाँको भनाइ छ ।

सरकारले गएको कात्तिकमा अर्थमन्त्री विष्णु प्रसाद पौडेलको संयोजकत्वमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री र कृषि तथा पशुपंक्षी विकासमन्त्रीसहितको कार्यदल गठन गरेको थियो । कारखाना स्थापनाका लागि आवश्यक बिजुली, ग्याँस, जग्गा जमिन, सडक, खानेपानी, सञ्चार लगायतका संरचना, प्राविधिक जनशक्तिको व्यवस्थापनका लागि पहल भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

नेपालमा वार्षिक ७ लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने र हरेक वर्ष मलको अभाव हुने भएपछि सरकारले दीर्घकालीन समाधानको उपायस्वरुप युरिया मल कारखाना खोल्न लागेको हो ।  

images
प्रकाशित मिति :फाल्गुण २९, २०७७ शनिवार - ०९:०८:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology