चितवन ।
नेपाल पत्रकार महासङ्घ चितवन शाखाको २२औँ साधारणसभामा तीनजना पत्रकार पुरस्कृत गरिएको छ । महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले तीन विधामा पुरस्कृत हुनेहरूलाई आज पुरस्कार प्रदान गर्नुभएको हो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले पत्रकार महासङ्घ, सम्बद्ध सङ्घसंस्था र पत्रकारहरूसँग सहकार्य गरेर काम गर्न महानगर तयार रहेको बताउनुभयो । महासङ्घका अध्यक्ष वसन्त पराजुलीको सभापतित्वमा भएको कार्यक्रमपछिको बन्द सत्रमा सचिव राजेश घिमिरे र कोषाध्यक्ष कृष्ण आचार्यले आफ्ना प्रतिवेदन पेस गर्नुभएको थियो ।