Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

चितवनमा जनक शिक्षाको तीन करोडको पाठ्यपुस्तक बिक्री

चितवनमा जनक शिक्षाको तीन करोडको पाठ्यपुस्तक बिक्री

images

इच्छाकामना न्युज

२०, बैशाख २०८३
चितवनमा जनक शिक्षाको तीन करोडको पाठ्यपुस्तक बिक्री
images

भरतपुर ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय भरतपुरले चितवन जिल्लामा मात्रै तीन करोड रूपैयाँभन्दा बढीको पाठ्यपुस्तक बिक्री गरेको छ । एक महिनाको अवधिमा (चैत १६ देखि वैशाख १७ सम्म) नेपाली र अंग्रेजी माध्यम गरी तीन करोड १० लाख रूपैयाँबराबरको पाठ्यपुस्तक बिक्री भएको कार्यालयका प्रमुख धनबहादुर केसीले बताए ।

उनका अनुसार चितवनमा अंग्रेजी माध्यमका ४४ हजार २६३ थान, नेपाली माध्यमका १७ लाख ६७ हजार ८८ थान पुस्तक बिक्री भएको छ । ‘चैत १६ देखि पुस्तक बिक्री खुलाएका थियौँ, जसले जति पुस्तक मागे पनि दिइरहेका छौँ, कुनै पुस्तकको अभाव छैन’, कार्यालय प्रमुख केसीले भने ।

जनक शिक्षाले निकालेको कक्षा ३ देखि १२ सम्मको पुस्तक बिक्री गरिरहेको छ । यसपटक जनकले गत वर्षजसरी कक्षा ४, १ र २ को पाठ्यपुस्तक निकालेन । ‘गत वर्षको तुलनामा चितवनमा जनकको पुस्तक बिक्री यसवर्ष बढेको छ’, प्रमुख केसीले भने, ‘गत वर्ष शैक्षिक सत्रको अवधिमा एक महिनामा चितवन जिल्लामा अढाई करोड रूपैयाँबराबरको पुस्तक बिक्री भएको थियो, अहिले तीन करोड कटिसक्यो, अझै पनि बिक्री भइरहेको छ ।’

चितवनका ९१ व्यवसायीहरुले जनकको पुस्तक खरिद गरेका छन् । जनकको कार्यालयमा ९४ व्यवसायी सूचीकृत भए पनि ९१ व्यवसायीले मात्र पुस्तक खरिद गरेका थिए । जनकसँग सूचीकृत भएका व्यवसायीहरु सबैभन्दा बढी चितवनमा छन् । शैक्षिक सत्र सुरू भइसकेको छ । शैक्षिक सत्र सुरू हुनु १५ दिनअगावै जनकको पुस्तक व्यवसायीकहाँ पुग्न थालेको थियो ।

‘चितवनमा अझै छिटपुट किताब व्यवसायीले लगिरहेका छन्, तर अब बिक्री ज्यादै कम हुन्छ । माडी र इच्छाकामनामा पाठ्यपुस्तक कम गएको छ, त्यहाँ विद्यार्थी पनि कम छन् । सबैभन्दा बढी भरतपुर महानगरमा गयो’, प्रादेशिक कार्यालय भरतपुरका सूचना अधिकारी केदारराज विष्टले भने । उनका अनुसार मकवानपुर, पर्सा, बारामा त व्यवसायी पुस्तक खरिदका लागि भरतपुर आउनै नपर्ने वातावरण बनाइयो । जनकले उनीहरुको व्यवसाय गर्ने स्थानमै पुस्तक पुर्‍याएको विष्टले बताए ।

कार्यालयका प्रमुख धनबहादुर केसीका अनुसार प्रादेशिक कार्यालय भरतपुरबाट पूर्वी तनहुँका आँबुखैरहनी, देवघाट गाउँपालिका र नवलपरासीको पूर्वी क्षेत्र, बारा, पर्सा, रौतहट र मकवानपुरसम्म पाठ्यपुस्तक जान्छ । सबैभन्दा बढी पुस्तक रौतहट जिल्लामा बिक्री हुन्छ ।

गत वर्षजसरी यसपटक पनि कक्षा ३, ४ र ५ को पाठ्यपुस्तक निजी क्षेत्रले बिक्री गरेको थियो । प्रादेशिक कार्यालय भरतपुरले सात जिल्लामा यस शैक्षिक सत्रको एक महिनाको अवधिमा १६ करोड ६० लाख रूपैयाँबराबरको पुस्तक बिक्री गरिसकेको छ ।

images
प्रकाशित मिति :बैशाख २०, २०८३ आइतवार - १२:१४:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology