Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

सिमामा तस्करीलाई टुलुटुलु हेरेर बस्न सकिँदैनः सभापति रवि लामिछाने

सिमामा तस्करीलाई टुलुटुलु हेरेर बस्न सकिँदैनः सभापति रवि लामिछाने

images

इच्छाकामना न्युज

२०, बैशाख २०८३
सिमामा तस्करीलाई टुलुटुलु हेरेर बस्न सकिँदैनः  सभापति रवि लामिछाने
images

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सीमा क्षेत्रमा हुने खुल्लमखुल्ला तस्करीलाई राज्यले टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन्। निजी क्षेत्रसँगको छलफलमा उनले तस्करी नियन्त्रणका लागि सरकारले सीमामा कडाइ गर्नुपरेको बताएका हुन्। 

सीमा क्षेत्रका नागरिक सस्तो बजार खोज्दै पारि गएर किनमेल गरी जीवन चलाउने यथार्थ आफूले बुझेको उनले बताए। तर, उपभोक्ताले पारि मात्रै किनमेल गर्दा वारिका स्वदेशी व्यवसायी मर्कामा पर्ने भएकाले उनीहरूको व्यवसाय फस्टाउने वातावरण बनाउनु पनि राज्यको दायित्व भएको उनले औंल्याए।
उपभोक्ताको सहजता र स्वदेशी उद्योगी व्यवसायीको उन्नति दुवैलाई सन्तुलनमा राखेर सरकारले नीति बनाउने तयारी गरिरहेको सभापति लामिछानेको भनाइ छ। ‘बोर्डर एरियामा मान्छेको जीवनशैलीका रूपमा हामी वारिपारि गएर आफ्नो जीवन चलाउँछौँ, तुलनात्मक रूपमा त्यो सस्तो बजार छ,’ उनले भने, ‘तर सँगसँगै वारि व्यवसायीहरू हुनुहुन्छ, उहाँहरूको व्यवसाय पनि फस्टाउन जरुरी छ। यो दुईवटै कुरालाई मध्यनजर गरेरै सरकारले नीतिहरू बनाउनुपर्ने हुन्छ।’

सीमामा तस्करी रोक्न खोज्दा केही असन्तुष्टि र आवाजहरू उठे पनि त्यो नियन्त्रण गर्नैपर्ने बाध्यात्मक अवस्था रहेको उनले प्रष्ट पारे। आम सर्वसाधारणको जनजीवन प्रभावित नहुने र व्यवसायीको पनि उन्नति हुने गरी दुई पक्षबीच तालमेल मिलाउन केही समय लाग्न सक्ने भन्दै उनले यसलाई अन्यथा नबुझ्न आग्रह गरेका छन्।

images
प्रकाशित मिति :बैशाख २०, २०८३ आइतवार - १७:३४:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology