जाजरकोट ।
पुनर्निर्माण कार्यमा सरकार उदासीन बनेको आरोप लगाउँदै जाजरकोटका भूकम्पपीडितहरू सोमबार काठमाडौंस्थित माइतीघर मण्डलामा बिरोध प्रदर्शन गरेका छन्। उनीहरूले भूकम्प गएको लामो समय बितिसक्दा पनि प्रभावित क्षेत्रका नागरिक अझै अस्थायी बासमै जीवन गुजार्न बाध्य भएको भन्दै विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीहरूले पुनर्निर्माणलाई तीव्रता दिन ११ बुँदे मागसमेत सार्वजनिक गरेका छन्। उनीहरूले राहत तथा अनुदान वितरणमा भइरहेको ढिलाइ अन्त्य गर्न, क्षति विवरण पुनः मूल्याङ्कन गर्न, लाभग्राहीलाई शीघ्र अनुदान उपलब्ध गराउन, भूकम्प प्रतिरोधी घर निर्माणलाई सुनिश्चित गर्न तथा जोखिमयुक्त बस्ती सुरक्षित स्थानमा सार्ने प्रक्रिया तत्काल अघि बढाउन माग गरेका छन्।