राप्ती
राप्ती नगरपालिका वडा नं–७, वीरेन्द्रनगरस्थित पूर्व–पश्चिम राजमार्ग सडकखण्डमा सोमबार दिउँसो ३ः२५ बजे टिप्परको ठक्करबाट पैदलयात्री बालक गम्भीर घाइते भएका छन् ।
खैरहनीबाट भण्डारातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख १९९७ नम्बरको टिप्परको ठक्करबाट सडक क्रस गर्न लागेका राप्ती–१, परेवाकोट बस्ने ८ वर्षीय इशक प्रजा गम्भीर घाइते भएका हुन् ।
घाइते बालकको उपचारका लागि नयाँ मेडिकल कलेज पठाइएकोमा सोमबार बेलुकी ८ः३० बजे थप उपचारका लागि पुष्पाञ्जली हस्पिटल भरतपुरमा पठाइएको थियो । टप्पर तथा चालक राप्ती–६, भण्डारा बस्ने ३० वर्षीय सञ्जय मोक्तान जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।