Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

चितवन मेडिकल कलेजकाे हेटौँडामा अर्को नयाँ अस्पताल शिलान्यास

चितवन मेडिकल कलेजकाे हेटौँडामा अर्को नयाँ अस्पताल शिलान्यास

images

इच्छाकामना न्युज

२२, बैशाख २०८३
चितवन मेडिकल कलेजकाे हेटौँडामा अर्को नयाँ अस्पताल शिलान्यास
images

भरतपुर।

चितवन मेडिकल कलेजले मकवानपुरको हेटौँडामा नयाँ अस्पताल शिलान्यास गरेको छ । हेटौँडा उपमहानगरपालिका वडा नं. ४ मा ‘सीएमसी हेटौँडा’ नाम दिइएको अस्पतालको शिलान्यास गरिएको छ ।  

करिब २ अर्ब लगानीमा एक वर्षभित्र अस्पताल बनाइसक्ने अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रताप देवकोटाले जानकारी दिए । १९ कठ्ठा जग्गामा  अस्पताल निमाण हुने देवकोटाले बताए 

राजमार्गसँगै जोडिएको अस्पतालमा आकस्मिक कक्ष, सिटी स्क्यान, आइसीयु, एनआईसीयू, पीआईसीयू, मोडुलर ओटी, क्याथ ल्याबसहित सुपरस्पेसलिष्ट सेवा सञ्चालन गरिनेछ ।

हेटौँडा बागमती प्रदेशको राजधानी भएको तथा मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, सिराहा लगायतका मधेश प्रदेशका बिरामीहरूलाई उपचार सेवाका लागि सहजता होस् भन्ने उद्देश्यले सीएमसी हेटौँडा अस्पताल सञ्चालन गरिन लागिएको हाे

images
प्रकाशित मिति :बैशाख २२, २०८३ मंगलवार - १५:४४:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology