Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

प्रधानमन्त्री बालेनकै निर्वाचन क्षेत्र झापा ५ का सुकुम्वासी र भूमिहीनले सुरु गरे सरकार विरुद्ध प्रदर्शन

प्रधानमन्त्री बालेनकै निर्वाचन क्षेत्र झापा ५ का सुकुम्वासी र भूमिहीनले सुरु गरे सरकार विरुद्ध प्रदर्शन

इच्छाकामना न्युज

२३, बैशाख २०८३
प्रधानमन्त्री बालेनकै निर्वाचन क्षेत्र झापा ५ का सुकुम्वासी र भूमिहीनले सुरु गरे सरकार विरुद्ध प्रदर्शन

। डोजर चलाएर सुकुम्वासी र भूमिहीनलाई बिचल्ली पारेको भन्दै झापा क्षेत्र नं ५ का भूमिहीन सुकुम्वासी आन्दोलित बनेका छन् ।

images
आफूले जिताएर पठाएको व्यक्ति नै प्रधानमन्त्री बनेपछि सुकुम्वासी र भूमिहीनहरूलाई बिचल्ली पारेको भन्दै उनीहरूले विरोध गरेका हुन् ।

प्रधानमन्त्री बालेन्द्र शाह झापा ५ बाट अत्यधिक मतका साथ विजयी भएका थिए । शाहलाई निर्वाचित गराएको दुई महिना नबित्दै त्यहाँका मतदाताले उनी विरुद्ध दिनहुँ नारा जुलुस गर्दै आएका छन् । बुधवार झापा ५ को मुख्य सहरी क्षेत्र दमकमा सुकुम्वासीहरूले सरकार विरुद्ध नारा लगाउँदै विरोध प्रदर्शन गरे ।

उनीहरूले अर्को बन्दोबस्त नमिलाई वर्षौँदेखि बसोबास गरी रहेको ठाउँबाट सुरक्षाकर्मी र डोजर चलाएर उठिबास गराउन नहुने बताए ।
अखिल नेपाल सुकुमबासी सङ्घको आयोजनामा निकालिएको र्‍यालीले नगरका विभिन्न क्षेत्रको परिक्रममा गरेको थियो ।

यस अघि झापा ५ मानै पर्ने कमल गाउँपालिकामा समेत सुकुम्वासीहरूले जुलुस सहित विरोध प्रदर्शन गरेका थिए ।

भूमि अधिकार तथा श्रमिक सङ्गठनको आयोजनामा कमल गाउँपालिकामा रहेका भूमिहीन तथा सुकुम्वासीहरूले सोमबार विरोध र्‍याली प्रदर्शन सहित गाउँपालिकामा ज्ञापन पत्र बुझाएका थिए ।

झापाकै बिर्तामोडमा पनि सुकुम्वासीहरू आन्दोलित बनेका छन् । उनीहरू बसोबास गरी रहेको स्थानबाट जबरजस्ती उठाउनु खोज्न मानवीयता विपरीतको कार्य भएको समेत जनाएका थिए । सुकुम्वासी संयुक्त सङ्घर्ष समितिले र्‍याली प्रदर्शन गरी स्थानीय सरकारलाई बसोबास गरेकै स्थानमा भूमि स्वामित्व दिलाउन समेत माग गरेका छन् ।

सुकुम्वासीका पक्षमा स्थानीय तह
झापा क्षेत्र नं ५ का स्थानीय तहका प्रमुखहरूले सङ्घीय सरकारको सुकुम्वासी बस्तीमा डोजर चलाउने अभियानको विरुद्धमा उभिएका छन् ।

उनीहरूले सुकुम्बासीहरुलाई संघिय सरकारले भने पनि डोजर चल्न नदिने भन्दै आश्वस्त पनि पारेका छन् ।
दमक नगरपालिकाका मेयर रामकुमार थापाले प्रहरी र प्रशासन कार्यालयबाट सुकुम्वासीको विवरण उपलब्ध गराउन गरेको पत्राचार प्रति पनि आक्रोश व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘स्थानीय सरकार भनेको जन निर्वाचित निकाय हो, यो कुनै प्रशासन र प्रहरी मातहतको प्रहरी चौकी होइन । जनप्रतिनिधिमूलक निकायमा यस ढङ्गबाट पत्र पठाएर निर्देशन दिने काम बन्द गरियोस्, यो जनभावना विपरीत छ ।’

उनी आफै सुकुम्वासीहरुका बस्तीमा पुगेर समेत स्थानीय सरकारले कुनै पनि नागरिकको घरबार नउठाउने भन्दै आश्वस्त पार्दै आएका छन् ।

यस्तै यही झापा ५ कै कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पनि सुकुम्वासी बस्तीमा डोजर नचलाइने प्रस्ट पारेका छन् । विगतका आयोगले अपेक्षाकृत काम गर्न नसक्दा भूमिहीनहरू अधिकारबाट वञ्चित भएको उल्लेख गर्दै उनले लालपुर्जा दिलाउने तर्फ ध्यान दिन सङ्घीय सरकारलाई आग्रह पनि गरेका छन् ।

images
प्रकाशित मिति :बैशाख २३, २०८३ बुधवार - १७:१०:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology