Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

चितवनमा बिहे भोज खादा ३० जना भन्दा बढी बिरामी

चितवनमा बिहे भोज खादा ३० जना भन्दा बढी बिरामी

images

इच्छाकामना न्युज

२५, बैशाख २०८३
चितवनमा बिहे भोज खादा ३० जना भन्दा बढी बिरामी
images

चितवन ।

चितवनमा बिहे भोज खादा ३० जना भन्दा बढी बिरामी परेका छन् । गत बुधबार दिउँसो भरतपुरस्थित एक पार्टी प्यालेसमा भोज खाएका पाहुनाहरु बिरामी परेका हुन् । बिरामीहरुको भरतपुरका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । भरतपुर अस्पतालमा बिहिवार दिउँसोदेखि नै बिरामीहरु अस्पताल भर्ना हुन थालेका छन् ।

अस्पतालका प्रवक्ता डा.रामप्रसाद सापकोटाका अनुसार १५ जना भन्दा बढी बिरामी अस्पतालमा भर्ना भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको र सबै उपचार भइरहेको प्रवक्ता सापकोटाले बताए । बिरामीहरू ज्वरो आउने, पेट दुख्ने, पखला लाग्ने लगायत समस्या देखिएका छन् ।

अहिले बिरामीहरु चितवन मेडिकल कलेज लगायत अन्य अस्पताल समेत पुग्न थालेका छन् । त्यहाँ १० जना भन्दा बढिको उपचार भइरहेको छ । अन्य केही बिरामीहरु अन्य अस्पताल समेत उपचार भइरहेको छ ।

बिरामी बिपिन पाठकका अनुसार भोज खाएका अन्य साथीहरू पनि बिरामी परेको र घरमै रहेको बताए । उनले ज्वरो आउने र पखला लाग्ने समस्याले अस्पतालमा भर्ना भएको बताए ।

 
 

images
प्रकाशित मिति :बैशाख २५, २०८३ शुक्रवार - १४:२८:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology