Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

देवघाट–आँपटारी सडकमा पर्ने २५ सालका रुख काटियो

देवघाट–आँपटारी सडकमा पर्ने २५ सालका रुख काटियो

images

इच्छाकामना न्युज

२५, बैशाख २०८३
देवघाट–आँपटारी सडकमा पर्ने २५ सालका रुख काटियो
images

चितवन ।

चितवनको देवघाटधाम जाने सडकमा पर्ने सालका रुख काट्न सुरु गरिएको छ । वन डिभिजन कार्यालय भरतपुरले (शुक्रबार)आँपटारीदेखि देवघाटसम्मको सडकमा पर्ने २५ वटा रुख काट्न थालेको हो ।

सडक डिभिजन कार्यालय भरतपुर, जिल्ला प्रशासन कार्यालय चितवन र देवघाट विकास समितिको समन्वयमा कानुन सम्बद तरिकाले रुख काटिएको वन डिभिजन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यले जानकारी दिए । ‘वन नियमावली २०७९ तेस्रो संशोधन ३६ (छ) अनुसार सडक, विद्युत,टेलिकम लगायतका विकास निर्माणका क्रममा जोखिम पर्ने रुखहरु काट्न पाइने नियम छ’ कार्यालय प्रमुख आचार्यले भने ‘सोही नियम अनुसार आँपटारीदेखि देवघाट जोन सडकमा पर्ने रुख काट्न थालिएको हो ।’उनका अनुसार देवघाट क्षेत्र विकास समितिले ६२ वटा रुख काट्न माग गरेको थियो ।
 
यद्यपि प्राविधिकको मूल्यांकन अनुसार पहिलो चरणमा २५वटा मात्र रुख काटिएको उनले बताए । आवश्यकता अनुसार काट्न मिल्ने रुख पछि काटिनेछ । देवघाट प्रशिद्ध धार्मिक स्थल समेत हो । यस सडकमा दैनिक हजारौँ सवारीसधान गुड्ने गर्दछन् । सडकको बिचमा समेत रुख थिए । साँघुरो सडकमा रुख भएका कारण दुर्घटना हुने जोखिम समेत उच्च रहेको थियो । सडकमा देखिएको जोखिमलाई मध्येनजर गर्दै रुख काटिएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।

‘देवघाटमा तिर्थ गर्न जाने तथा मलामी जानेहरु धेरै हुन्छन् । रुखको कारणले हुने सवारी आवागमनमा देखिएको समस्या र दुर्घटनाको जोखिम निवारण गरिएको छ,’ उनले भने ‘सडकमा देखिएको जोखिम आंशिक रुपमा भएपनि घट्ने देखिन्छ।’ रुखको जिवनभन्दा मानविय जिवनको मूल्य बढि हुनेभएकाले सडकमा काट्नै पर्ने रुखमा काटिएको उनको भनाई थियो ।

वन डिभिजन कार्यालय चितवनले सडकमा जोखिममा रहेका अन्यत्रका सालका रुख पनि काट्ने बताएको छ । टिकौली, भोजाड, र सिमलताल क्षेत्रको सडकमा पर्ने रुखहरु पनि काट्ने तयारी कार्यालयले गरेको छ । साथै काट्नुपर्ने अवस्थामा रहेका व्यक्तिका जमिनमा भएका सालका रुख पनि काटिने बताइएको छ ।

 
 

images
प्रकाशित मिति :बैशाख २५, २०८३ शुक्रवार - १७:३३:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology