Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

‘स्कुलका चालक र सहचालकको पोसाक अनिवार्य गरौँ’

‘स्कुलका चालक र सहचालकको पोसाक अनिवार्य गरौँ’

images

इच्छाकामना न्युज

२८, बैशाख २०८३
‘स्कुलका चालक र सहचालकको पोसाक अनिवार्य गरौँ’
images

भरतपुर ।

चितवनमा स्कुल बसका चालक र सहचालकको स्कुल पोसाक अनिवार्य छैन । विद्यार्थी र शिक्षकहरुको स्कुल पोसाक अनिवार्य हुँदा चालक र सहचालकको पनि अनिवार्य स्कुल पोसाक गरिनुपर्ने आवाज उठेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले भरतपुर महानगर क्षेत्रमा सञ्चालित स्कुल बसको यान्त्रिक परीक्षण तथा चालकको स्वास्थ्य परीक्षणको कार्यक्रम चलाएको थियो । त्यहाँ आउने स्कुल बसका चालक र सहचालकको पोसाक रङ्गीचङ्गी थिए । विद्यार्थी र शिक्षकको अनिवार्य स्कुल पोसाक भइरहँदा चालक र सहचालकको पनि अनिवार्य स्कुल पोसाक हुनुपर्ने आवाज सोही कार्यक्रममा उठ्यो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले चालक र सहचालकको स्कुल पोसाक अनिवार्य हुनुपर्ने बताए । उनले भने, ‘स्कुल पोसाक लगाएर टाईसुटमा चालक तथा सहचालकहरु देखिनुभयो भने कति राम्रो हुन्थ्यो, विद्यार्थी र शिक्षकको अनिवार्य स्कुल पोसाकमा हुँदा चालकहरुले पनि त्यो सुविधा पाउनुपर्छ ।’ उनले प्याब्सन, पालिकाका शिक्षा शाखाहरुले यो विषयमा छलफल चलाउन सुझाव दिए ।

जिल्ला ट्राफिक कार्यालय भरतपुरका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले जसरी विद्यार्थी र शिक्षकको स्कुल पोसाक अनिवार्य रहेको छ त्यसरी नै चालक र सहचालकको पनि स्कुल पोसाक हुँदा सुनमा सुगन्ध हुने बताए । उनले भने, ‘चालकको एउटै पोसाक हुँदा चिन्न सजिलो हुन्छ, चालक र सहचालकका लागि पनि एक किसिमको जिम्मेवारी थपिएको महसुस हुन्छ ।’

उनका अनुसार भरतपुर गेस्ट हाउस चौरमा भएको तीन दिनको यान्त्रिक परीक्षणमा १५० चालक तथा सहचालकहरुको स्वास्थ्थ परीक्षण भएको थियो । एक÷दुई स्कुलका चालक तथा सहचालकहरुको स्कुल पोसाक देखिए पनि अन्य चालक तथा सहचालक कसैको पनि स्कुल पोसाक थिएन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख थापाले भरतपुर महानगरपालिकाभित्र सञ्चालित स्कुल बसलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशन दिइएको बताए ।

प्याव्सन भरतपुरका अध्यक्ष मीनराज बस्ताकोटीले चालक र सहचालकको हकमा स्कुल पोशाक अनिवार्य नगरिएको बताए । उनले भने, ‘स्कुल बस निर्देशिका, २०७४ मा भएका हरेक नियमको पालना गर्न प्याव्सन तयार छ, यो विषयमा प्याव्सनले छलफल चलाउँछ ।’ उनले विद्यार्थी अभिभावकलाई चिन्ह पनि सजिलो हुने हुँदा चालक र सहचालकलाई स्कुल पोशाक राख्दा नै उत्तम हुने बताए ।

बसमा फोहर फाल्ने डस्टबिन तथा अग्नि नियन्त्रण यन्त्र नभएको भेटिएको उनले बताए । ‘बसका चालक र सहचालकको स्कुल पोसाक मात्र होइन, प्राथमिक उपचारका लागि सामग्री पनि देखिएन, तत्काल निर्देशिका कार्यान्वयनका लागि निर्देशन गरिएको छ’, उनले भने, ‘स्कुल बस निर्देशिका, २०७४ ले तोकेबमोजिम मापदण्ड पूरा गर्न सबै विद्यालयलाई निर्देशन गरिएको छ ।’ १७३ वटा बसको वायु प्रदूषण मापनसमेत गरिएकोमा ५४ वटा सवारीसाधनले धुवाँ उत्सर्जन गरेको भेटिएको थियो ।

images
प्रकाशित मिति :बैशाख २८, २०८३ सोमवार - १३:३६:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology