Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

चितवनकोे नारायणी नमुना मावि फेरी अब्बल,एसईईमा ३७ जनाले ल्याए ४ जिपिए

चितवनकोे नारायणी नमुना मावि फेरी अब्बल,एसईईमा ३७ जनाले ल्याए ४ जिपिए

images

इच्छाकामना न्युज

२९, बैशाख २०८३
चितवनकोे नारायणी नमुना मावि फेरी अब्बल,एसईईमा ३७ जनाले ल्याए ४ जिपिए
images

भरतपुर ।

राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चितवनको नारायणी नमुना माविले यसबर्ष पनि उत्कृष्ट नतिजा हासिल गरेको छ । नारायणीका ३७ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन । ३८० जनाले एसईई दिएकोमा ३७ जनाले ४ जिपिए ल्याएको नारायणी नमुना माविका प्रअ रामशरण दुवाडीले जानकारी दिनुभयो ।

गतबर्ष ७ जनाले ४ जिपिए ल्याएका थिए । दुवाडीका अनुसार एक जना विद्यार्थी मात्र ननग्रेडमा परेका छन । उनलाई सामाजिक विषय लागेको छ । यस्तै २१६ जनाले ३.६ देखि ४ जिपिए ल्याएका छन भने ३.२ देखि ३.६ जिपिए ल्याउने १०२ जना विद्यार्थी छन । २.८ देखि ३.२ ल्याउने २१ जना र २.४ देखि २.८ जिपिए ल्याउने ३ जना विद्यार्थी रहेको दुवाडीले बताउनुभयो । विद्यालय प्रशासनले यस वर्षको नतिजाले विद्यार्थी, शिक्षक तथा अभिभावक सबैलाई उत्साहित बनाएको जनाएको छ।

images
प्रकाशित मिति :बैशाख २९, २०८३ मंगलवार - ११:२७:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology