Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

वडा समिति गठन गर्दै तमू ह्युल छोँज धीँ

वडा समिति गठन गर्दै तमू ह्युल छोँज धीँ

images

इच्छाकामना न्युज

२९, बैशाख २०८३
वडा समिति गठन गर्दै तमू ह्युल छोँज धीँ
images

भरतपुर ।

तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् भरतपुर महानगर समितिले संस्थागत विकासका लागि सबै वडामा समिति गठन गर्ने क्रमलाई तीव्र बनाएको छ । ह्युल छोँज धीँको छातामुनि सबै गुरूङहरुलाई समावेश गराउने लक्ष्यसहित सबै वडामा समिति गठन गर्ने क्रमलाई तीव्रता दिएको महानगर समितिका अध्यक्ष भीमबहादुर गुरूङले बताए ।

उनका अनुसार गत माघ १० गतेदेखि वडा समिति गठनको अभियान सञ्चालन गरिएको हो । हालसम्म महानगरपालिकाको वडा नं–२८, २७, २६, २५, २४, २३ र २२ मा समिति गठन गरिसकिएको अध्यक्ष गुरूङले जानकारी दिए । सक्रिय नभएका संस्थाहरुलाई पुनर्गठन गरी सक्रिय गराउने र समिति नभएका वडाहरुमा नयाँ समिति गठन गर्ने काम गर्दै आएको उनले बताए ।

वडा समितिमा तमू ह्युलको समितिसँगै तमूस्यो ह्युल छोँज धीँको समिति पनि गठन गर्दै आएको उनले बताए । ‘तमू ह्युलको वडा समिति गठन हुँदा सोही मेसोमा तमूस्यो ह्युलको समिति पनि गठन गरेका छौँ’, उनले भने, ‘नगर समिति बलियो बनाउन वडा समितिको सक्रियता आवश्यक पर्ने हुँदा समिति गठन कार्यलाई तीव्रताका साथ अगाडि बढाएका हौँ ।’

सम्भव हुने वडाहरुमा तमू विद्यार्थीको समितिसमेत गठन गर्दै आएको उनको भनाइ छ । तमू ह्युल र तमूस्यो ह्युलको समिति गठन भएका वडाहरुमध्ये केही वडामा परीक्षाका कारण विद्यार्थीको समिति गठन हुन नसकेको उनले बताए । तमू ह्युल छोँज धीँको जिल्लादेखि केन्द्रीय समितिमा रहेका प्रतिनिधिहरुको उपस्थितिमा नयाँ समिति गठन गर्ने क्रम चलिरहेको भरतपुर महानगर समितिका अध्यक्ष गुरूङले बताए ।

उनका अनुसार यो क्रमलाई असार मसान्तसम्म जारी राखिने छ । तमू जातिको भाषा, संस्कार र संस्कृति तथा भेषभूषा संरक्षण एवम् सवद्र्धनका लागि पनि सबै वडामा समिति गठन गरिएको उनले जानकारी दिए । वडा समिति गठन गरिसकेपछि आवश्यकता हेरी विभिन्न खालका कार्यक्रमको खाका तयार गरेर सबैलाई उत्तिकै सक्रिय बनाउने उनले योजना सुनाए ।

‘कुनै वडामा सङ्ख्या नपुग्ने हुँदा दुई वडाको एउटा समिति पनि हुन सक्छ’, उनले भने, ‘समिति गठन भइसकेपछि जिल्ला र केन्द्रसँग सरसल्लाह गरेर वडा तहमा आवश्यक पर्ने कार्यक्रम सञ्चालन गर्ने योजना लिएका छौँ ।’ वडा तहबाटै संस्थालाई बल पुग्यो भने जातीय पहिचानसहितको हकअधिकार प्राप्तिका लागि आधार बलियो हुने उनले बताए ।

images
प्रकाशित मिति :बैशाख २९, २०८३ मंगलवार - ११:३४:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology