Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

चितवनमा युवा राजनीतिक अभियान तीव्र,मिराज ढुंगानाको नेतृत्वमा संगठन विस्तार:संयोजकमा बिशु गुरुङ

चितवनमा युवा राजनीतिक अभियान तीव्र,मिराज ढुंगानाको नेतृत्वमा संगठन विस्तार:संयोजकमा बिशु गुरुङ

images

इच्छाकामना न्युज

२९, बैशाख २०८३
चितवनमा युवा राजनीतिक अभियान तीव्र,मिराज ढुंगानाको नेतृत्वमा संगठन विस्तार:संयोजकमा बिशु गुरुङ
images

चितवन ।

जेनजी आन्दोलनका अगुवा मिराज ढुंगाना युवाहरुलाई संगठित गर्दै वैकल्पिक राजनीतिक शक्ति स्थापनाको लक्ष्यसहित नयाँ अभियानमा जुटेका छन् । उनको नेतृत्वमा देशभर युवा सञ्जाल गठन अभियान तिव्ररूपमा अगाडि बढिरहेको छ ।

युवाकेन्द्रित राजनीतिक अभियान अन्तर्गत देशभरका युवालाई एकीकृत गर्दै जनताको समस्या, स्थानीयता र आकांक्षालाई नजिकबाट बुझ्ने तथा त्यसको समाधानका लागि सक्रिय पहल गर्ने लक्ष्यसहित उनले यो अभियान थालेका हुन् । अहिलेको आवश्यकता युवाको ऊर्जा, विचार र नेतृत्वलाई संगठित गरेर देश निर्माणमा केन्द्रित गर्नु भएकाले यसैका लागि विभिन्न जिल्लामा संगठन विस्तार तथा जिम्मेवारी बाँडफाँडको कार्य सुरु भएको छ । अभियानका लागि चितवन अध्यक्षको जिम्मेवारी औपचारिक रूपमा घोषणा गरिएको छ ।

चितवनमा अभियानलाई प्रभावकारी ढंगले अघि बढाउन बिशु गुरुङलाई सञ्जालको जिम्मेवारी प्रदान गरिएको हो । यस्तै, विकल घताने र याञ्जल थापा मगरलाई सह–संयोजकको जिम्मेवारी तोकिएको छ । सामाजिक सञ्जाल फेसबुकमा ढुंगानाले नवगठित टोलीको नेतृत्वमा चितवन जिल्लामा युवाको आवाज,जनताको आवश्यकता तथा स्थानीय समस्यालाई समेट्दै सशक्त र परिणाममुखी अभियान सञ्चालन हुने विश्वास व्यक्त गरेका छन् ।

युवा सशक्तीकरण, जनसहभागिता र वैकल्पिक राजनीतिक सोचलाई केन्द्रमा राखेर अघि बढाइएको यो अभियानले देशभर नयाँ राजनीतिक बहस र युवामाझ नयाँ उत्साह सिर्जना गर्ने उनको दावी छ ।

images
प्रकाशित मिति :बैशाख २९, २०८३ मंगलवार - १३:२७:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology