Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

शहीद लखन गाउँपालिकाको चेतावनी : दर्ताविनाका स्वास्थ्य संस्था बन्द गरिने

शहीद लखन गाउँपालिकाको चेतावनी : दर्ताविनाका स्वास्थ्य संस्था बन्द गरिने

images

इच्छाकामना न्युज

२९, बैशाख २०८३
शहीद लखन गाउँपालिकाको चेतावनी : दर्ताविनाका स्वास्थ्य संस्था बन्द गरिने
images

गोरखा।

सूचनाअनुसार औषधि ऐन, २०३५ को दफा १० अ शहीद लखन गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्थालाई कानुनअनुसार दर्ता तथा अनुमति लिएर मात्र सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।

गाउँपालिकाले एक सूचना जारी गर्दै जनरल अस्पताल, नर्सिङ होम, निदान केन्द्र, औषधि पसल र फार्मेसी लगायत स्वास्थ्यसम्बन्धी व्यवसायमध्ये केही संस्था बिना अनुमति तथा दर्ता सञ्चालन भइरहेको गुनासो प्राप्त भएको जनाएको हो। सूचनाअनुसार औषधि ऐन, २०३५ को दफा १० अनुसार औषधि बिक्री–वितरण गर्ने व्यक्ति वा फर्मले औषधि व्यवस्था विभागमा दर्ता भई तोकिएको दस्तुर तिरी प्रमाणपत्र लिनुपर्ने व्यवस्था रहेको छ।

696685654_982977641311876_4504153277951771948_n1778575627.jpg

गाउँपालिकाको उपभोक्ता हित संरक्षण समितिको बैठकले प्रचलित कानुनबमोजिम स्वीकृति नलिई तथा दर्ता नगरी सञ्चालनमा रहेका स्वास्थ्य संस्था तत्काल बन्द गर्न र सम्बन्धित निकायबाट स्वीकृति तथा दर्ता लिएपछि मात्रै सेवा सञ्चालन गर्न निर्देशन दिने निर्णय गरेको जनाएको छ।

गाउँपालिकाले उक्त सूचनाको बेवास्ता गरी कानुनविपरीत स्वास्थ्य संस्था सञ्चालन गरेको पाइए कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत दिएको छ।

images
प्रकाशित मिति :बैशाख २९, २०८३ मंगलवार - १४:४०:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology