Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

विपक्षी सांसदले सभामुखलाई नियमावलीको खाली पेज देखाएपछि…

विपक्षी सांसदले सभामुखलाई नियमावलीको खाली पेज देखाएपछि…

images

इच्छाकामना न्युज

३०, बैशाख २०८३
विपक्षी सांसदले सभामुखलाई नियमावलीको खाली पेज देखाएपछि…
images

काठमाडौँ  ।

प्रतिनिधि सभाको बुधबारको बैठक विपक्षी दलहरुले अवरोध गरिरहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रम टेबुल गर्नुपर्ने अडान उनीहरुको छ। बैठक दुईपल्ट बसिसकेको छ तर बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको छैन।

सभामुखले बारम्बार बस्न आग्रह गरिरहेका छन्। विपक्षी सांसदहरु उभिनै रहेका छन्। बीचबीचमा हाँसो र घोचपेच पनि जारी छ। सभामुखले संसद् सञ्चालन नियमावली बुझाइरहँदा नेकपा एमालेका सांसद गुरु बरालले भने सभामुखले भनेको बुँदा रहेको खाली पेज देखाएका छन्। सांसद बरालले हाँस्दै खाली पेज देखाइरहँदा सांसदहरुबीच हाँसो फैलिएको थियो। सभामुखले पनि हाँसो रोक्न सकेनन्।

images
प्रकाशित मिति :बैशाख ३०, २०८३ बुधवार - १५:५५:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology