Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

छोरीका लागि नक्कली ट्रान्सक्रिप्ट बनाउँदा ६१ वर्षीय वृद्ध पक्राउ

छोरीका लागि नक्कली ट्रान्सक्रिप्ट बनाउँदा ६१ वर्षीय वृद्ध पक्राउ

images

इच्छाकामना न्युज

३०, बैशाख २०८३
छोरीका लागि नक्कली ट्रान्सक्रिप्ट बनाउँदा ६१ वर्षीय वृद्ध पक्राउ
images

काठमाडौँ । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले छोरीको नक्कली शैक्षिक प्रमाणपत्र बनाएको अभियोगमा अदालतबाट दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नं. ३ आदर्श टोल बस्ने ६१ वर्षीय क्रोडी फ्रेच क्षेत्री भन्ने फरदिनान्द भ्यालेन्टाईन फेट्ज रहेका छन्। फेट्जले आफ्नै छोरीको कक्षा ११ र १२ उत्तीर्ण भएको नक्कली ट्रान्सक्रिप्ट लगायतका कागजात बनाएर सरकारी छाप तथा दस्तखत किर्ते गरेको पुष्टि भएको थियो। उच्च माध्यमिक शिक्षा परिषद्, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको जाहेरीका आधारमा उनी विरुद्ध सरकारी छाप दस्तखत किर्ते मुद्दा चलाइएको थियो। 

उक्त मुद्दामा भक्तपुर जिल्ला अदालतले २०८२ वैशाख ३ गते उनलाई एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो। अदालतको फैसलापछि फरार रहेका उनलाई खोजतलास गर्ने क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैशाख २९ गते बिहान ११ बजे काठमाडौँको तिलगंगाबाट नियन्त्रणमा लिएको हो। 
 
पक्राउ परेका फेट्जलाई कैद तथा जरिवानाको फैसला कार्यान्वयनका लागि सोही दिन भक्तपुर जिल्ला अदालतमा उपस्थित गराइएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार प्रचलित मुलुकी ऐनको किर्ते कागजको महल बमोजिमको कसुरमा उनलाई सजाय तोकिएको हो।

images
प्रकाशित मिति :बैशाख ३०, २०८३ बुधवार - १६:२८:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology