Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

हामीले सदनमा प्रधानमन्त्रीको अनुहार होइन,जवाफदेहिता खोजेका हौंः सांसद खुम्बु ओली

हामीले सदनमा प्रधानमन्त्रीको अनुहार होइन,जवाफदेहिता खोजेका हौंः सांसद खुम्बु ओली

images

इच्छाकामना न्युज

३१, बैशाख २०८३
हामीले सदनमा प्रधानमन्त्रीको अनुहार होइन,जवाफदेहिता खोजेका हौंः सांसद  खुम्बु ओली
images

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुम्बु ओलीले सदनमा प्रधानमन्त्रीको माग केवल अनुहार हेर्नको लागि नभई जवाफदेहीताको खोजी भएको बताएकी छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लोकतन्त्र केवल चुनाव जित्ने प्रणाली नभई निरन्तर संवादको अभ्यास भएको भन्दै सदनमा प्रधानमन्त्रीको माग केवल अनुहार हेर्नको लागि नभई जवाफदेहीताको खोजी भएको धारणा राखिन् ।
उनले भनिन्,‘लोकतन्त्र केवल चुनाव जित्ने प्रणाली मात्र होइन् । यो निरन्तर संवादको अभ्यास हो । त्यसैले यो स्थानमा हामीले प्रधानमन्त्रीज्यूलाई बोलाउनु उहाँको उपस्थिति खोज्नु उहाँको केवल अनुहार हेर्नको लागि होइन् । उहाँबाट जवाफदेहीता खोजेका हौं ।’

ओलीले पहिलो अधिवेशनमा प्रधानमन्त्री नबोली सदनबाट बाहिरिँदा आफूहरूले स्वीकार गरेको उल्लेख गर्दै दोस्रो अधिवेशनमा पनि नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री अनुपस्थित गएकोप्रति असन्तुष्टि व्यक्त गरिन् ।

उनले सदनमा सुकुम्बासी र संवैधानिक परिषद्सम्बन्धी प्रश्न उठाउँदा प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत देश र जनतालाई जवाफ दिने गरेको टिप्पणी समेत गरिन् । प्रधानमन्त्री सदनप्रति अनिच्छुकभएको र संसदीय अभ्यासप्रति उत्तरदायी बन्न नखोजेको उनको आरोप छ ।

उनले भनिन्,‘पहिलो अधिवेशनमा प्रधानमन्त्री नबोली जानुभयो हामीले स्वीकार गरेका थियौं । दोस्रो अधिवेशन सुरु भयो नीति तथा कार्यक्रम त्यो उहाँको कार्यक्रम हो । उहाँले अपनत्व नलिईकन कार्यक्रमकोबीचमा उठेर जानुभयो । उहाँको केही बाध्यताहरु पनि थिए होलान । हामी सदनमा सुकुम्बासी र संवैधानिक परिषद्का प्रश्न उठाउँछौं प्रधानमन्त्री ज्यू आफ्नो सामाजिक सञ्जालमा देश र जनतालाई जवाफ दिनुहुन्छ ।

सायद प्रधानमन्त्री ज्यू यो सदनप्रति अनइच्छुक हुनुहुन्छ । संसदीय अभ्यासप्रति उत्तरदायी बन्न खोज्नुभएको छैन् । उहाँको आवाज एउटा दिशा बन्छ भनेर हामीले खोजेका हौं ।’ न्यूज बैंक

images
प्रकाशित मिति :बैशाख ३१, २०८३ बिहिवार - १२:३०:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology