Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

नीति तथा कार्यक्रम पुरानै निरन्तरता मात्र भएको रामकुमारी झाँक्रीको टिप्पणी

नीति तथा कार्यक्रम पुरानै निरन्तरता मात्र भएको रामकुमारी झाँक्रीको टिप्पणी

images

इच्छाकामना न्युज

३१, बैशाख २०८३
नीति तथा कार्यक्रम पुरानै निरन्तरता मात्र भएको रामकुमारी झाँक्रीको टिप्पणी
images

काठमाडौं ।

राष्ट्रियसभा सदस्य एवं नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता मात्र भएको टिप्पणी गरेकी छन् ।

बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले हाल प्रस्तुत नीति तथा कार्यक्रममा केही बुँदा घटाएर पुरानै कार्यक्रमलाई दोहोर्याइएको भन्दै धेरै टिप्पणी गर्नुपर्ने विषय नरहेको बताइन् । उनले भनिन्, ‘अस्ति २१ गतेको निर्वाचनमा हाम्रा पार्टीलगायत पुराना लोकतान्त्रिक–प्रजातान्त्रिक दलहरू पराजित हुँदा एउटा नयाँ शक्तिको उदय भएर नयाँ युग सुरु हुन्छ भन्ने अपेक्षा थियो। तर नीति तथा कार्यक्रम हेर्दा यो पुरानै कार्यक्रमको निरन्तरता जस्तो मात्र देखिन्छ ।’

झाँक्रीले सरकारले सुशासन र आर्थिक विकासका एजेन्डा उठाए पनि व्यवहारमा निजी क्षेत्रमाथि भय सिर्जना गर्ने काम भइरहेको आरोप लगाइन् । उनका अनुसार सुशासनको नाममा निजी क्षेत्र तथा आर्थिक गतिविधि सञ्चालन गर्ने वातावरणलाई सहज बनाउनुपर्नेमा त्यसलाई अवरोध गर्ने प्रवृत्ति देखिएको छ । उनले भनिन्, ‘सुशासन भनेको पहिला थुनेर सुन्ने होइन, सुनेर मात्र थुन्ने हो कि भन्ने सुझाव सरकारलाई दिन चाहन्छु ।’

उनले राज्यले काम गर्ने वातावरण बनाउनुपर्नेमा नागरिक र निजी क्षेत्रलाई आतंकित गर्ने, तर्साउने र दबाब सिर्जना गर्ने शैली अपनाइएको आरोपसमेत लगाइन् ।

 
 

images
प्रकाशित मिति :बैशाख ३१, २०८३ बिहिवार - १३:२०:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology