Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

बिषालु च्याउ खादा इच्छाकामना कुलवाङको नमूना चेपाङको मृत्यु, २ गम्भीर

बिषालु च्याउ खादा इच्छाकामना कुलवाङको नमूना चेपाङको मृत्यु, २ गम्भीर

images
बिषालु च्याउ खादा इच्छाकामना कुलवाङको नमूना चेपाङको मृत्यु, २ गम्भीर
images

हात्तीवाङ ।

चितवनको इच्छाकामना गाउँपालिका १ कुलवाङमा विषालु च्याउ खादा १ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर बिरामी भएको छ । मृत्यु हुनेमा स्थानीय श्याम बहादुर चेपाङको ११ वर्षीया छोरी नमूना चेपाङ रहेको इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले जानकारी दिएको छ ।

अध्यक्ष गुरुङका अनुसार अन्य दुई जना गम्भीर बिरामी परेका छन् । बिसाक्त च्याउ खाएर गम्भीर बिरामी हुनेमा श्याम चेपाङकै १३ वर्शीया छोरी मनिता र ९ बर्षका छोरा साजन रहेका छन् । गम्भीर बिरामी भएका दुबैजनालाई सूचना थाहा पाउनासाथ पालिकाले नि:शुल्क गाडिको व्यवस्था गरि उपचारका लागि अस्पताल ल्याउदै गरेको अध्यक्ष गुरुङले बताए ।

उनीहरुले चार दिन अघिमात्र जंगलबाट च्याउ ल्याएर खाएका थिए । च्याउ खादा तत्काल त्यस्तो केही नभएनी बिस्तारै स्वास्थ्यमा समस्या देखिएको र गएराती देखि सिकिस्त बिरामी भएको साथै आज बिहान एकजनाको मृत्यु भएको हो ।

images
प्रकाशित मिति :जेठ १, २०८३ शुक्रवार - ११:००:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology