Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार बन्न चाहन्छन्ः सी जिनपिङ

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार बन्न चाहन्छन्ः सी जिनपिङ

images
चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार बन्न चाहन्छन्ः सी जिनपिङ
images

एजेन्सी ।

बिहीबार साँझ चीनको बेइजिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वागतमा आयोजित भोजमा चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन र संयुक्त राज्य अमेरिकालाई प्रतिद्वन्द्वी नभई साझेदार बन्न आह्वान गरेका छन् ।

 
सी चिनफिङले ट्रम्पको सम्मानमा आयोजित राजकीय भोजमा चीनको महान् कायाकल्प र मेक अमेरिका ग्रेट अगेन सँगसँगै अघि बढ्न सक्ने पनि बताए । ‘चीन र अमेरिका दुवै देशका जनता महान् छन्। चिनियाँ राष्ट्रको महान कायाकल्प र मेक अमेरिका ग्रेट अगेन सँगसँगै अघि बढ्न सक्छन्,’ उनले भने।

हामीले हाम्रो सम्बन्धलाई सफल बनाउनुपर्छ, र कहिल्यै पनि बिगार्न हुँदैन। चीन र संयुक्त राज्य अमेरिका दुवैले सहयोगबाट लाभ उठाउने र टकरावबाट हार्ने पक्षमा छन्। हाम्रा दुई देशहरू प्रतिद्वन्द्वी होइनन्, साझेदार हुनुपर्छ। चीन–अमेरिका सम्बन्धको स्थिर, सुदृढ र दिगो विकासलाई प्रवद्र्धन गर्न र विश्वमा थप शान्ति, समृद्धि र प्रगति ल्याउन रणनीतिक स्थिरताको रचनात्मक चीन–अमेरिका सम्बन्ध निर्माण गर्न सहमत भएका छौं,’ सीले भने।

ट्रम्प बुधबारदेखि शुक्रबारसम्म चीनको राजकीय भ्रमणमा छन्। राष्ट्रपति सीले नोभेम्बर २०१७ मा बेइजिङमा ट्रम्पलाई आयोजना गरेपछि यो लगभग नौ वर्षमा पहिलो अमेरिकी राष्ट्रपतिको चीन भ्रमण हो। (सीसीटीभीप्लस)

images
प्रकाशित मिति :जेठ १, २०८३ शुक्रवार - १३:०४:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology