Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

नेपाल पत्रकार महासंघ तनहुँको १५औँ साधारणसभा जोमसोममा सम्पन्न

नेपाल पत्रकार महासंघ तनहुँको १५औँ साधारणसभा जोमसोममा सम्पन्न

images
नेपाल पत्रकार महासंघ तनहुँको १५औँ साधारणसभा जोमसोममा सम्पन्न
images

जोमसोम।

नेपाल पत्रकार महासंघ तनहुँ शाखाको १५औँ साधारणसभा शुक्रबार मुस्ताङको जोमसोममा सम्पन्न भएको छ। साधारणसभामा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सोनी शर्माले सरकारले नेपाली सञ्चारमाध्यममाथि नियन्त्रण गर्न खोजेको आरोप लगाउँदै बन्दुकको नालसँग नडराएका पत्रकार वर्तमान सरकारसँग नझुक्ने बताइन्।

3a3b793d-acbb-42ab-904c-ca340ffb5a17.jfif

शाखाका निवर्तमान अध्यक्ष उज्वल पौडेलले सरकारले नियमनका नाममा नियन्त्रण गर्न खोजेकाले यसको विरुद्ध सशक्त आवाज उठाउन आवश्यक रहेको धारणा राखे। पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेलले तनहुँ शाखा सहमति र सहकार्यका साथ चलिरहेको र शाखाले उत्कृष्ट काम गर्दै आएको बताए ।

पूर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराईले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन गर्ने बाटोमा अघि बढेको आरोप लगाए। पूर्व अध्यक्ष ओमकार आचार्यले प्रदेश र स्थानीय सरकार स्वायत्त भए पनि संघीय सरकारकै निर्णयअनुसार प्रेसमाथि अंकुश लगाउने प्रयास भइरहेको बताए। कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम र मुस्ताङ शाखाका संस्थापक अध्यक्ष भीम रसाइलीले पनि आफ्ना धारणा राखेका थिए।

शाखाका अध्यक्ष डिपी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव कृष्ण न्यौपानेले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष पूर्ण विकेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमाथि छलफलपछि संशोधनसहित पारित गरिएको महासंघले जनाएको छ।

images
प्रकाशित मिति :जेठ २, २०८३ शनिवार - १४:३९:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology