Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

साङ्ग छेवाङ् टासी बौद्ध गुम्बाको प्रथम ऐतिहासिक भेला

साङ्ग छेवाङ् टासी बौद्ध गुम्बाको प्रथम ऐतिहासिक भेला

images
साङ्ग छेवाङ् टासी बौद्ध गुम्बाको प्रथम ऐतिहासिक भेला
images

भरतपुर ।

राप्ती नगरपालिका वडा नं–७, वीरेन्द्रनगरस्थित साङ्ग छेवाङ् टासी बौद्ध गुम्बाको प्रथम ऐतिहासिक भेला गुम्बा परिसरमा सम्पन्न गरिएको छ ।

कार्यक्रमका प्रमुखअतिथि भूमि सुधार आयोग चितवनका अध्यक्ष इमानसिंह मोक्तानले गुम्बाको संरक्षण र सम्वद्र्धनमा जोड दिँदै गुम्बालाई विगतमा पनि सहयोग गर्दै आएको र आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा गुम्बाका पूर्वअध्यक्ष अक्कलबहादुर थिङ, धर्मगुरु पेमा लामा, स्थानीय बुद्धिजीवी टङ्क पाठक, समाजसेवी निलिमा बोम्जन, राप्ती नगरपालिका वडा नं–७ का वडासदस्य ओमबहादुर पुनलगायतले मन्तव्य व्यक्त गरे ।

कार्यक्रममा गत आर्थिक २०८२÷८३ को आर्थिक प्रतिवेदन र प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । आर्थिक प्रतिवेदनका लागि कोषाध्यक्ष धर्मबहादुर बालपालाई डिलबहादुर थिङले सहजीकरण गरेका थिए । गुम्बाका महासचिव देवबहादुर मोक्तानले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन श्रीमान् नेगीले गरेका हुन् ।

कार्यक्रम गुम्बाका अध्यक्ष राजेश रूम्बा लामाको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष लामाले गुम्बाको विगतदेखि वर्तमानसम्मका गतिविधि प्रकाश पारेका थिए ।

images
प्रकाशित मिति :जेठ २, २०८३ शनिवार - १५:२९:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology