Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

एसईई उत्तिर्ण विद्यार्थीलाई इच्छाकामना प्याव्सनको बधाई तथा विदाइ कार्यक्रम

एसईई उत्तिर्ण विद्यार्थीलाई इच्छाकामना प्याव्सनको बधाई तथा विदाइ कार्यक्रम

images
एसईई उत्तिर्ण विद्यार्थीलाई इच्छाकामना प्याव्सनको बधाई तथा विदाइ कार्यक्रम
images

कुरिनटार।

इच्छाकामना गाउँपालिका अन्तर्गतका विद्यालयहरूबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफल भएका विद्यार्थीहरूलाई बधाई तथा विदाई कार्यक्रम गरिएको छ । प्याब्सन फोकल पर्सन टंक प्रसाद त्रिपाठीको सभापतित्वमा भएको कार्यक्रम इच्छाकामना गाउँपालिका वडा नम्वर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्र बहादुर रोकाया सहभागी हुनुभएको थियो । साथै विभिन्न विद्यालयहरूका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई मायाको चिनो तथा खादा वितरण गरिएको थियो ।

छात्र तर्फ पालिका प्रथम रिवाज थापा ३.९७ जिपिए, छात्रा तर्फ पालिका प्रथम,क्रिष्मा लम्साल ३.९० जिपिए र छात्र तर्फ पालिका दित्तिय अभिसेक उप्रेती ३.९१ जिपिए तथा मस्याङदी शिक्षा सदनकी छात्रा सारिका बस्नेतलाई बिशेष सम्मान तथा प्रमाणपत्र वितरण गरियो । कार्यक्रममा सहभागिलाई प्रगती पाठशालामा सहप्राचार्य इश्वर विलास अधिकारीले स्वगत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम सुर्दशन कट्टेलले संचालन गर्नुभएको थियो ।

images
प्रकाशित मिति :जेठ ३, २०८३ आइतवार - १४:११:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology