Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

कम्बोडियामा निधन भएका सन्तोष राईको शव स्वदेश ल्याउन सांसद आशिका तामाङको आग्रह

कम्बोडियामा निधन भएका सन्तोष राईको शव स्वदेश ल्याउन सांसद आशिका तामाङको आग्रह

images

इच्छाकामना न्युज

१२, जेठ २०८३
कम्बोडियामा निधन भएका सन्तोष राईको शव स्वदेश ल्याउन सांसद आशिका तामाङको आग्रह
images

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले वैदेशिक रोजगारीका क्रममा कम्बोडियामा निधन भएका नेपाली नागरिकको शव स्वदेश ल्याउन सरकारको ध्यानाकर्षण गरामंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद तामाङले धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर ९ का सन्तोष राईको गत वैशाख २२ गते कम्बोडियामा निधन भएको जानकारी दिइन् । मृत्यु भएको २१ दिन बितिसक्दा पनि मृतकको पार्थिव शरीर अझै नेपाल ल्याउन नसकिएको भन्दै उनले चिन्ता व्यक्त गरिन् ।

सांसद तामाङले सरकारसँग जोडदार माग गर्दै भनिन्, ‘सम्माननीय सभामुख मार्फत म नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । स्वर्गीय सन्तोष राईको पार्थिव शरीर तत्काल नेपाल ल्याई परिवारलाई जिम्मा लगाउने आवश्यक व्यवस्था मिलाइयोस् ।’

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नागरिकको शव स्वदेश ल्याउन ढिलाइ हुनुले पीडित परिवारमा थप पीडा थपेको भन्दै उनले सरकारलाई यस विषयमा संवेदनशील हुन आग्रह गरिन् । न्यूज बैंक

 
 

images
प्रकाशित मिति :जेठ १२, २०८३ मंगलवार - १३:४१:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology