Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नेबारेको रास्वपाको प्रतिबद्धतामा बालेनको सचिवालयको अब्जेक्सन !

प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नेबारेको रास्वपाको प्रतिबद्धतामा बालेनको सचिवालयको अब्जेक्सन !

इच्छाकामना न्युज

१२, जेठ २०८३
प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नेबारेको रास्वपाको प्रतिबद्धतामा बालेनको सचिवालयको अब्जेक्सन !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले प्रधानमन्त्री बालेन शाहले सदनलाई सम्बोधन गर्ने भनेर आश्वस्त गराएपनि एकाएक नयाँ ट्वीस्ट आएको छ । 

images

रास्वपाका तर्फबाट प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले सम्बोधन गर्ने मिति आजै बस्ने प्रतिनिधि सभा बैठकबाट घोषणा गर्ने भनिएपनि प्रधानमन्त्रीको सचिवालयले मिति घोषणा नगर्न भनेपछि अब के गर्नेभन्नेबारे अन्योल भएको छ । 

रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा प्रमुख सचेतकबिच सिंहदरबारमा भएको अनौपचारिक छलफलमा बालेनले सम्बोधन गर्नेगरी रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रतिबद्धता जनाएका थिए । सोहीअनुसार मंगलबार दिउँसो अवरुद्ध भएको सदन अब भने खुला हुने सहमति भएको थियो । 
तर, प्रधानमन्त्रीको सचिवालयले मिति घोषणा गर्न नमानेपछि रास्वपा अलमलमा परेको एक प्रमुख सचेतकले रातोपाटीलाई बताए । ‘सहमति त भयो । बालेनको सचिवालयबाट मिति घोषणा नगर्नु भनेर आएको छ  । अब सहमति मान्नुहुन्छ कि तोड्नुहुन्छ भन्न सकिने अवस्था  छैन । प्रतिबद्धता नआए सदन चल्दैन’, उनको भनाइ छ । 

प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदहरुबिच प्रश्नोत्तर कार्यक्रम हुने नियमावलीको व्यवस्था प्रधानमन्त्री बालेन्द्र शाहले उल्लंघन गरेको भन्दै विपक्षीले संसद बैठक अवरुद्ध गर्दै आएका छन् ।

यसैबीच नेकपाका प्रमुख सचेतक युवराज दुलालले पनि प्रमुख सचेतकहरुबीच भएको सहमति रास्वपाले तोडेको आरोप लगाए । 'भित्र भएको सहमति बाहिर आउँदा भत्कियो', उनले भने ।  उनले सहमतिअनुसार हुन नसके संसदको अवरोध जारी रहने समेत बताए ।

images
प्रकाशित मिति :जेठ १२, २०८३ मंगलवार - १७:२५:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology