Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

कालिकामा अनिवार्य निःशुल्क शिक्षाको तयारी

कालिकामा अनिवार्य निःशुल्क शिक्षाको तयारी

images

इच्छाकामना न्युज

१४, जेठ २०८३
कालिकामा अनिवार्य निःशुल्क शिक्षाको तयारी
images

पदमपुर । कालिका नगरपालिकाले नगरक्षेत्रभित्रका बालबालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा प्रदान गर्ने तयारी थालेको छ । आधारभूत तहका सबै बालबालिकालाई उक्त कार्यक्रममा सहभागी गराउने तयारी थालेको हो ।

संविधानको धारा ३१ अन्तर्गत व्यवस्था गरिएको शिक्षासम्बन्धी मौलिक हक तथा अनिवार्य एवम् निःशुल्क शिक्षासम्बन्धी कार्यविधिअनुसार चारदेखि १३ वर्ष उमेर समूहका सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने उद्देश्यसहित वडा तहबाट अभियान सुरू गरिएको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले जानकारी दिए । उनका अनुसार वडा नं–४ बाट अभियानको सुरूवात गरिएको छ । जसअन्तर्गत ‘अनिवार्य तथा निःशुल्क शिक्षा वडा घोषणा’का लागि सामूहिक प्रतिबद्धतापत्रमा हस्ताक्षरसमेत गरिएको थियो ।

बागमती प्रदेश सरकारसँग सम्झौता भइसकेकोले कार्यक्रम सुरू गरिएको उनले बताए । ‘आर्थिक अभावका कारण कुनै पनि बालबालिका विद्यालय जानबाट वञ्चित नहून् भन्ने उद्देश्यले स्थानीय सरकारले जिम्मेवारीपूर्वक काम गरिरहेको छ’, नगरप्रमुख रेग्मीले बताए । वडा तहबाट प्रतिबद्धता अभियान सञ्चालन गरी नगरस्तरीय घोषणा कार्यक्रममार्फत योजनालाई प्रभावकारीरुपमा अघि बढाइने उनको भनाइ छ ।

उपप्रमुख विमला तामाङका अनुसार स्थानीय सरकारले शिक्षा विकासलाई सुरूदेखि नै प्राथमिकतामा राख्दै आएको छ । ‘मेयर केयर’, ‘बालबालिकासँग उपमेयर’लगायतका कार्यक्रम यसअघि नै सञ्चालन भइसकेको बताउँदै उनले भनिन्, ‘स्थानीय सरकारले शिक्षा क्षेत्रको विकासमा निरन्तर काम गरिरहेको छ, माध्यमिक तहसम्म नै निःशुल्क गराउने योजना छ ।’

पालिकाहरुको आर्थिक स्थितिलाई हेरेर हाल आधारभूत तहसम्म पूर्णरुपमा निःशुल्क गराउने प्रयास गरिएको उनले बताइन् । कालान्तरमा माध्यमिक तहसम्मका शैक्षिक विकासमा काम गर्ने योजना रहेको उनले बताइन् । पालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले संविधानले व्यवस्था गरेको अधिकारलाई व्यवहारमा कार्यान्वयन गरेको बताए । कार्यक्रम वडा नं–४ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक मकरमान श्रेष्ठको अध्यक्षतामा सुरू भएको हो ।

images
प्रकाशित मिति :जेठ १४, २०८३ बिहिवार - १५:३९:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology