Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

सर्वोत्तम पेन्ट्सको आईपीओ जेठ २८ देखि खुल्ने, सर्वसाधारणलाई ७ लाख ५ हजार कित्ता

सर्वोत्तम पेन्ट्सको आईपीओ जेठ २८ देखि खुल्ने, सर्वसाधारणलाई ७ लाख ५ हजार कित्ता

इच्छाकामना न्युज

१९, जेठ २०८३
सर्वोत्तम पेन्ट्सको आईपीओ जेठ २८ देखि खुल्ने, सर्वसाधारणलाई ७ लाख ५ हजार कित्ता

काठमाडौं। सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि जेठ २८ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि ७ लाख ५ हजार ५०० कित्ता साधारण शेयर बिक्री खुला गर्न लागेको हो।

images

कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत बराबर ८ लाख ५० हजार कित्ता प्राथमिक शेयर निष्काशन गर्न अनुमति प्राप्त गरेको थियो। यसमध्ये ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएर निष्काशन तथा बाँडफाँट गरिसकिएको छ। त्यसैगरी ४२ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

कम्पनीले कर्मचारीका लागि १७ हजार कित्ता शेयर सुरक्षित राखेर बाँकी ७ लाख ५ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको जनाएको छ।

प्राथमिक शेयरमा न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आवेदन अवधि असार २ गतेसम्म रहनेछ। सो अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार ११ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले पाएको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ प्रणालीमार्फत सि–आस्बा आवेदन दिन सक्नेछन्।

प्राथमिक शेयर निष्काशनका लागि गरिएको साख मूल्याङ्कनमा केयर रेटिङ्स नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ। उक्त साख मूल्याङ्कनले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्ने जनाएको छ।

images
प्रकाशित मिति :जेठ १९, २०८३ मंगलवार - ०७:५१:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology