Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

द्विपक्षीय व्यापार प्रवद्र्धन, संस्कृति, प्रविधि हस्तान्तरण र भगिनी सम्बन्ध स्थापितका लागि समझदारी पत्रमा हस्ताक्षर सम्पन्न

द्विपक्षीय व्यापार प्रवद्र्धन, संस्कृति, प्रविधि हस्तान्तरण र भगिनी सम्बन्ध स्थापितका लागि समझदारी पत्रमा हस्ताक्षर सम्पन्न

इच्छाकामना न्युज

२०, जेठ २०८३
द्विपक्षीय व्यापार प्रवद्र्धन, संस्कृति, प्रविधि हस्तान्तरण र भगिनी सम्बन्ध स्थापितका लागि समझदारी पत्रमा हस्ताक्षर सम्पन्न

चितवन उद्योग संघ र लाओ नेशनल चेम्बर्स अफ कमर्श एण्ड इष्डष्ट्रिज बीच द्विपक्षीय व्यापार प्रवद्र्धन, संस्कृति, प्रविधि हस्तान्तरण र भगिनी सम्बन्ध स्थापितका लागि समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे र लाओ नेशनल चेम्बर्स अफ कमर्श एण्ड इष्डष्ट्रिजका कार्यकारी उपाध्यक्ष थानोङसिंह कन्लयाबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

images

सम्झौता पत्रमा नेपाल र लाओसका उद्यम, संस्था, फर्म र उद्यमीहरू बीचको सम्पर्क विस्तार गर्ने, अर्थतन्त्र र विदेशी व्यापार, व्यवसायिक गतिविधिहरूको क्षेत्रमा नियम र चलनहरू साथै दुवै देशको बजारमा सञ्चालनको जानकारी आदानप्रदान गर्ने, औद्योगिक प्रवद्र्धनको विकासका लागि सेमिनार, सम्मेलन मार्फत व्यवसायिक सर्कलका प्रतिनिधिहरूसँग सम्बन्ध स्थापित गर्ने नेपाल र लाओस दुवै देशहरुमा आयोजना हुने औद्योगिक प्रदर्शनी, मेलाहरुका लागि सहकार्य गर्ने लगायतका विषयमा काम गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेको नेतृत्वमा २०८३ जेष्ठ १७ गतेदेखि २३ गतेसम्म आयोजना हुने अन्तर्राष्ट्रिय औद्योगिक भ्रमणमा लाओसका औद्योगिक क्षेत्र, खानी उद्योगहरु, विद्युत गृह, उत्पादनमूलक उद्योगहरु र  पर्यटकीय तथा धार्मिक क्षेत्रहरुको अवलोकन हुनेछ ।

भ्रमणमा चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे, संघका पूर्व अध्यक्ष राजु पौडेल, उपाध्यक्षहरु प्रमेश्वर भण्डारी, विशाल चापागाईँ, कार्य समिति सदस्यहरु खिल प्रसाद घिमिरे, अर्जुन सापकोटा, उद्योगीहरु बिष्णु प्रसाद घिमिरे र पुष्कर पौडेलको समेत सहभागिता रहेको छ ।

चितवन उद्योग संघको वार्षिक कार्ययोजना अनुरुप सञ्चालन भएको सातदिने अन्तर्राष्ट्रिय औद्योगिक अवलोकन भ्रमणलाई चितवन उद्योग संघका उपाध्यक्ष एवम् भ्रमण विभागका विभागीय संयोजक विशाल चापागाईंले संयोजन गर्नुभएको छ ।

images
प्रकाशित मिति :जेठ २०, २०८३ बुधवार - ०९:०१:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology