Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध तनहुँमा पत्रकारको धर्ना

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध तनहुँमा पत्रकारको धर्ना

images

इच्छाकामना न्युज

२७, जेठ २०८३
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध तनहुँमा पत्रकारको धर्ना
images

दमौली। नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले सरकारी विज्ञापन निजी सञ्चारमाध्यममा नदिने सरकारको निर्णय सच्याउन माग गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँमा बुधबार एक घण्टा धर्ना दिएको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रको आन्दोलन कार्यक्रम अन्तर्गत तनहुँ शाखाले बुधबार बिहान ११ बजेदेखि १२ बजेसम्म प्रशासन कार्यालयमा धर्ना दिएको हो । धर्ना कार्यक्रममा शाखाका अध्यक्ष डिपी अधिकारी, पूर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराई, ओमकार आचार्य, सल्लाहकार नारायण खड्का, शाखाका पदाधिकारी, सदस्य एवं विभिन्न सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

शाखाको आयोजनामा जेठ २९ गते समेत सोही समयमा प्रशासन कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको छ । महासङ्घले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने निर्णयले प्रेस स्वतन्त्रता र सञ्चार क्षेत्रको दिगोपनामा असर पर्ने भन्दै उक्त निर्णय पुनर्विचार गर्न सरकारसँग माग गरेको छ ।

images
प्रकाशित मिति :जेठ २७, २०८३ बुधवार - १२:३१:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology