Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

‘गढीमा गजल’ दोस्रो शृङ्खला उपरदाङगढीमा हुँदै चितवन

‘गढीमा गजल’ दोस्रो शृङ्खला उपरदाङगढीमा हुँदै चितवन

इच्छाकामना न्युज

२८, जेठ २०८३
‘गढीमा गजल’ दोस्रो शृङ्खला उपरदाङगढीमा हुँदै चितवन

उपरदाङगढी। गजल मञ्च चितवनको आयोजनामा ‘गढीमा गजल’ कार्यक्रमको दोस्रो शृङ्खला यही जेठ ३० गते शनिबार इच्छाकामना गाउँपालिकास्थित ऐतिहासिक तथा पर्यटकीय स्थल उपरदाङगढीमा हुने भएको छ । नेपाली गजललाई खुला परिवेशमा पुर्याउने तथा ऐतिहासिक सम्पदासँग साहित्यिक गतिविधिलाई जोड्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासले जानकारी दिए ।

images

कार्यक्रममा देशका विभिन्न प्रदेशका गजलकार, साहित्यप्रेमी तथा स्थानीय सरोकारवाला व्यक्तित्वको सहभागिता रहने अपेक्षा गरिएको अध्यक्ष अनायासले सुनाए । यसअघि ‘गढीमा गजल’ कार्यक्रमको पहिलो शृङ्खला चितवनको माडी नगरपालिकास्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सोमेश्वर गढीमा गरिएको थियो । `पहिलो शृङ्खलाले साहित्यिक वृत्तमा सकारात्मक चर्चा प्राप्त गर्नुका साथै ऐतिहासिक सम्पदास्थलमा साहित्यिक कार्यक्रम आयोजना गर्ने अवधारणालाई थप सशक्त बनाएको थियो । सोही अभियानलाई निरन्तरता दिँदै दोस्रो शृङ्खला उपरदाङगढीमा आयोजना गर्न लागिएको हो´ - अध्यक्ष अनायासले भने ।

‘गढीमा गजल’ शृङ्खलाले गजल साहित्यको विकाससँगै स्थानीय कला, संस्कृति, इतिहास र पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने विश्वास लिइएको छ । प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्व बोकेको उपरदाङगढीमा आयोजना हुन लागेको कार्यक्रमले गजल साहित्य र पर्यटनबीचको सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

कार्यक्रमको प्रवर्द्धन इच्छाकामना गाउँपालिकाले गरेको छ भने इच्छाकामना साहित्य प्रवाहले सहकार्य गरेको छ । कार्यक्रमको मिडिया साझेदारका रूपमा कायाकैरन मिडिया नेटवर्क र बिप्स मिडिया रहेका छन् । गजल मञ्च चितवनले विगतदेखि नै गजल साहित्यको संरक्षण, प्रवर्द्धन तथा सर्जकहरूबीच सिर्जनात्मक संवाद विस्तार गर्ने उद्देश्यका साथ विविध साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको छ ।

‘गढीमा गजल’ शृङ्खला त्यसैको एक महत्त्वपूर्ण अभियानका रूपमा अघि बढाइएको मञ्चले जनाएको छ । ऐतिहासिक गढी परिसरमा साहित्यिक सिर्जनाको गुञ्जन फैलाउने यस कार्यक्रमले स्थानीय समुदाय, साहित्यकार र पर्यटकबीच सकारात्मक अन्तरसम्बन्ध निर्माण गर्दै चितवनको साहित्यिक तथा सांस्कृतिक पहिचानलाई थप उचाइमा पुर्याउने विश्वास गरिएको छ ।

images
प्रकाशित मिति :जेठ २८, २०८३ बिहिवार - ०९:१९:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology