Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

काभ्रे बस दुर्घटनाः १२ घाइतेको पहिचान खुल्यो

काभ्रे बस दुर्घटनाः १२ घाइतेको पहिचान खुल्यो

images

इच्छाकामना न्युज

२९, जेठ २०८३
काभ्रे बस दुर्घटनाः १२ घाइतेको पहिचान खुल्यो
images

रामेछाप। काभ्रेको नमोबुद्ध नगरपालिका–२ सेल्फी डाँडामा आज भएको बस दुर्घटनामा घाइतेमध्ये १२ जनाको पहिचान खुलेको छ । घाइते १७ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

धुलिखेल अस्पतालका अनुसार घाइतेहरूमा काभ्रे रोशीका २२ वर्षीय अनिस तामाङ, बर्दियाका २५ वर्षीय सुरेशबहादुर बादी, रोशीकी २० वर्षीया विष्णुडाल्मा तामाङ, ६० वर्षीय डम्बरबहादुर शाह, ३० वर्षीय चन्द्र तामाङ, ४३ वर्षीय कृष्णबहादुर तामाङ, १८ वर्षीया रमिता वाइबा, ४० वर्षीय मानव तामाङ, ३४ वर्षीय गोइयासिं तामाङ, ६२ वर्षीया विष्णुमाया लामा, ४३ वर्षीय मनुराज तामाङ र ‘सुवास’ भनिने थप पहिचान नखुलेका ५–६ वर्षका एक बालक रहेका छन् । त्यस्तै, एक वर्षकी बालिका र ६०–६५ वर्षका पुरुषको पहिचान खुलेको छैन । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

दुर्घटनामा आठ जनाको मृत्यु भएको छ। मृतकहरूको पहिचान भने अझै खुल्न सकेको छैन । बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस शुक्रबार दुर्घटनामा परेको हो। बस नमोबुद्ध नगरपालिका–२ सेल्फी डाँडामा दुर्घटनामा परेको थियो । 

images
प्रकाशित मिति :जेठ २९, २०८३ शुक्रवार - १७:३४:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology