Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

उज्यालो नेपाल कुनै दलमा विलय हुँदैनः अध्यक्ष कुलमान घिसिङ

उज्यालो नेपाल कुनै दलमा विलय हुँदैनः अध्यक्ष कुलमान घिसिङ

images

इच्छाकामना न्युज

३०, जेठ २०८३
उज्यालो नेपाल कुनै दलमा विलय हुँदैनः अध्यक्ष कुलमान घिसिङ
images

काठमाडौं।उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अब नयाँ पार्टीको विकल्प उनेपा मात्रै रहेको दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले उज्यालो नेपाल पार्टी कतै गएर मिसिने होकि भन्ने चिन्ता र शंका देखिएको भन्दै अब कुनै पार्टीसँग मिसिन नजाने दाबी गरे ।

उनले भने,‘उज्यालो नेपाल पार्टी कतै गएर मिसिने होकि भन्ने चिन्ता र शंका धेरैको छ । यसमा कुनै शंका र चिन्ता नगर्दा हुन्छ । उनेपा कुनै पार्टीसँग मिसिन जाँदैन् । अरु पार्टीहरु मिसिन आउन सक्छ । अरुसँग एकीकरण गर्दा पनि यो पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ। अहिले नयाँ र पुराना पार्टीका धेरै साथीहरू पार्टीमा जोडिने लहर आएको छ । अब नयाँ पार्टीको विकल्प उनेपा नै हो ।’

त्यस्तै उनले स्थानीय र प्रदेश सभाको चुनावमा र सङ्घको चुनावमा सशक्त रूपमा उभिने बताउँदै आगामी सङ्घको निर्वाचनपछि देशको नेतृत्व आफूहरुले ने गर्ने विश्वास व्यक्त गरे । अध्यक्ष घिसिङले पार्टीमा प्रवेश गर्नेहरूलाई विश्वासघात नगर्ने अठोट गरे । गएको चुनावमा असफल भएपनि आफूहरूले हार नमानेर पहिलो खुड्किलाको रुपमा लिएको उनले बताए।

 
 

images
प्रकाशित मिति :जेठ ३०, २०८३ शनिवार - १४:५६:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology