Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

शहिद लखनको मकैपुर विद्यालयलाई लायन्स तथा लियो क्लव अफ आँबुखैरेनी सिटिद्वारा शैक्षिक सामाग्री प्रदान

शहिद लखनको मकैपुर विद्यालयलाई लायन्स तथा लियो क्लव अफ आँबुखैरेनी सिटिद्वारा शैक्षिक सामाग्री प्रदान

चित्र बहादुर गुरुङ

२८, आश्विन २०७७
शहिद लखनको मकैपुर विद्यालयलाई लायन्स तथा लियो क्लव अफ आँबुखैरेनी सिटिद्वारा शैक्षिक सामाग्री प्रदान

गोरखा, २८ असोज । गोरखाको शहिद लखन गाउँपालिका वडा नं. ७ मा रहेको मकैपुर आधारभुत विद्यालयलाई तनहुँको लायन्स तथा लियो क्लव अफ आँबुखैरेनी सिटीले शैक्षिक सामाग्री सहयोग गरेको छ। क्लवले आज विद्यालयमा नै पुगेर शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो। 
क्लवको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त विद्यालयका ३० जना विद्यार्थीलाई पुग्ने गरि शैक्षिक सामाग्री हस्तान्तरण गरिएको क्लवका अध्यक्ष शिव खनालले जानकारी दिनुभयो। अध्यक्ष खनालले दिएको जानकारी अनुसार हस्तान्तरण गरिएको शैक्षिक सामाग्रीमा ३० थान स्कुल व्याग, ३० दर्जन कापी, पेन्सिल, इरेजर, कटर लगायतका सामाग्रीहरु रहेको छ। 

images

121583237_3563518390337177_7096373181248826005_o.jpg
रोटरी क्लव अफ गोरखाका अध्यक्ष एवं शहिदलखन ८ का वडा अध्यक्ष काशिनाथ अम्गाईको प्रमुख आथित्यतामा  विद्यालयमा शैक्षिक सामग्री बितरण भएको हो। कार्यक्रममा लायन्स क्लव अफ आबुखैरेनी सिटी अध्यक्ष शिब खनाल, सह–सचिव बिष्णु श्रेष्ठ, सह–कोषाध्यक्ष सुर्य बहादुर थापा, सदस्य गोबिन्द सिलवाल, लियो क्लब अफ आबुखैरेनी सिटीको उपाध्क्षय शैलेस वाग्लेको उपस्थिती रहेको थियो।

121171281_3563518540337162_5418939721223418420_o.jpg
विद्यार्थी संख्या न्युन भएपछि मकैपुर आधारभुत विद्यालय २०७५ साल देखि बन्द रहेको थियो। पछिल्लो समय भने स्थानीयको सक्रियतामा यस वर्षदेखि उक्त विद्यालय पुनः सञ्चालनमा ल्याईएको हो। विद्यालय पुनः सञ्चालनमा आएसँगै विद्यालय सञ्चालनका लागि सहयोग गर्नेहरु बढेको शहिद लखन गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो।

121458004_3563518830337133_353291008053892405_o.jpg

121126417_3563518130337203_5075315038810846561_o.jpg

images
प्रकाशित मिति :आश्विन २८, २०७७ बुधवार - १८:३४:२९ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology