Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

खाना खुवाउने टोली हिँडेपछि पैसा उठाएर चिउरा दालमोठ खाए सुकुम्बासीले

खाना खुवाउने टोली हिँडेपछि पैसा उठाएर चिउरा दालमोठ खाए सुकुम्बासीले

images

इच्छाकामना न्युज

१, आषाढ २०८३
खाना खुवाउने टोली हिँडेपछि पैसा उठाएर चिउरा दालमोठ खाए सुकुम्बासीले
images

कीर्तिपुर होल्डिङ सेन्टरका सुकुम्बासीहरूले सोमबार बिहान खाना खान पाएनन्। होल्डिङ सेन्टरमा राधा स्वामी सत्सङले नै खाना र पानीको बन्दोबस्त गर्दै आएको थियो। सुकुम्बासीलाई खाना खुवाउन होल्डिङ सेन्टरमै मेस चलाइएको थियो। 

खाना पकाउने र खुवाउने टोली आइतबार राति नै भाँडाकुडा उठाएर हिँडेपछि सोमबार बिहान सकुम्बासीहरू भोकै बस्नुपर्ने अवस्था आएको हो। अबेर बिहानसम्म खाना पानीको व्यवस्था नभएपछि त्यहीँको समूहले पैसा उठाएर चिउरा दालमोठ किनेका थिए। 

खाना खुवाउने टोली होल्डिङ सेन्टरबाट हिँडेको भन्ने विषय सार्वजनिक भएपछि शान्ति सेवा गृह नाम गरेको संस्थाका केही व्यक्तिहरू चिउरा र दही लिएर आएका थिए। तर होल्डिङ सेन्टरमा रहेकाहरूले उनीहरूको सहायता अस्वीकार गरिदिएका थिए।

'यो राज्यको दाायित्व हो। एकदिन संस्थाले खुवाएर हुँदैन भनेर हामीले अस्वीकार गर्‍यौं,' एक सुकुम्बासीले भने। त्यसपछि भएकाहरूसँग पैसा उठाएर उनीहरूले नै चिउरा दालमोठ किनेर वितरण गरेका थिए।  होल्डिङ सेन्टरमा अहिले काठमाडौं महानगरका नगर प्रहरीहरू पुगेका छन्।  

 

images
प्रकाशित मिति :आषाढ १, २०८३ सोमवार - १७:३७:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology