Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

धोका,संघर्ष र आत्मविश्वासले सगरमाथासम्म पुर्‍यायोः निलम पौडेल

धोका,संघर्ष र आत्मविश्वासले सगरमाथासम्म पुर्‍यायोः निलम पौडेल

images

इच्छाकामना न्युज

३, आषाढ २०८३
धोका,संघर्ष र आत्मविश्वासले सगरमाथासम्म पुर्‍यायोः निलम पौडेल
images

काठमाडौं । पहिलो सगरमाथा आरोही ट्रान्स महिला निलम पौडेलले आफ्नो यात्राबारे सुरुको संघर्ष, आर्थिक चुनौती, सामाजिक भेदभावदेखि सगरमाथा आरोहणसम्मका अनुभव सार्वजनिक गरेकी छन्।

बुधबार पत्रकार सम्मेलन गर्दै उनले उनले सुरुमा टिम निर्माणदेखि विभिन्न व्यक्ति र संस्थासँग सहयोग माग्दा अपेक्षित साथ नपाएको गुनासो गरेकी छन्। उनले भनिन्, ‘हाम्रो यो यात्रा २०२० देखि सुरु भएको हो। मैले टिम बनाएर सुरु गर्दा नै कतिपयले बिचमै धोका दिनुभयो। मिटिङहरूमा कुरा भए पनि पछि फोन नउठाउने, मेसेजको जवाफ नदिने जस्ता व्यवहार भयो ।’

उनका अनुसार ट्रान्सजेन्डर भएकै कारण काम गर्न नसक्ने भनेर अनुमान गरिएको र धेरै ठाउँमा प्रस्ताव लिएर जाँदा पनि अपेक्षित सहयोग नपाएको उनले बताइन्। ‘मानिसहरूले मलाई ट्रान्स भएकै कारण गर्न सक्दिन होला भनेर सोच्नुभयो। तर पछि केही व्यक्तिहरूले साथ दिनुभयो र प्रपोजल बनाएर सहयोग पनि गर्नुभयो,’ उनले भनिन्।

आर्थिक कठिनाइका कारण व्यक्तिगत बचत, सम्पत्ति बिक्री र विभिन्न माध्यमबाट खर्च व्यवस्थापन गर्नुपरेको उनले उल्लेख गरिन्। सगरमाथा आरोहणको अनुभव सुनाउँदै उनले भनिन्, ‘हामी बेस क्याम्प पुग्दा धेरै कठिन थियो। माथि जाँदा मान्छेहरूको अवस्था देखेर डर पनि लाग्यो, तर मैले सक्छु भन्ने आत्मविश्वास आयो ।’

उनले आफ्नो सफलतालाई व्यक्तिगत मात्र नभई समुदायका लागि प्रेरणादायी उपलब्धि भएको बताउँदै अवसर पाए ट्रान्स समुदायले पनि ठूला लक्ष्य हासिल गर्न सक्ने उल्लेख गरिन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसद अनुष्का श्रेष्ठले सगरमाथा आरोही ट्रान्स महिला निलम पौडेललाई बधाई दिँदै उनको उपलब्धिलाई व्यक्तिगत मात्र नभई समुदायको ऐतिहासिक उपलब्धि भएको बताएकी छन्।

उनले भनिन्, ‘आफ्नो ठाउँमा आफ्नो काम गरेर नै सबैजना अगाडि बढ्ने हो। इट्स अल अबाउट सेलिब्रेटिङ यु एन्ड योर अचिभमेन्ट। कति गाह्रो कुरा हो भनेर हामीले कहिलेकाहीँ बुझ्दैनौँ।’उनले निलम पौडेलको सगरमाथा आरोहणलाई व्यक्तिगत संघर्षसँगै समुदायका चुनौतीहरूलाई पनि जितेको उदाहरण भएको उल्लेख गरिन्।

श्रेष्ठले सरकार र समाज दुवै तहमा समावेशीकरण र प्रतिनिधित्व बढ्दै गएको उल्लेख गर्दै यसलाई सकारात्मक सुरुवातको रूपमा लिनुपर्ने बताइन्। उनले भनिन्, ‘सरकारको नाम मात्रै परिवर्तन होइन, प्रतिनिधित्व पनि देखिन थालेको छ। यो टोकनिज्म मात्र होइन, वास्तविक परिवर्तनको संकेत हो ।’

सांसद श्रेष्ठले निलम पौडेलको उपलब्धिलाई ऐतिहासिक भन्दै यसले अन्य सीमान्तकृत समुदायलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरिन्।उनले भनिन्, ‘यो सगरमाथा आरोहण मात्र होइन, इतिहास निर्माण गर्ने क्षण हो।’

 
 

images
प्रकाशित मिति :आषाढ ३, २०८३ बुधवार - १७:०६:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology