Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

आँबुखैरेनीको नीति तथा कार्यक्रम सार्वजनिक: स्वास्थ्य,शिक्षा,कृषि र पर्यटनमा विशेष जोड

आँबुखैरेनीको नीति तथा कार्यक्रम सार्वजनिक: स्वास्थ्य,शिक्षा,कृषि र पर्यटनमा विशेष जोड

images

इच्छाकामना न्युज

३, आषाढ २०८३
आँबुखैरेनीको नीति तथा कार्यक्रम सार्वजनिक: स्वास्थ्य,शिक्षा,कृषि र पर्यटनमा विशेष जोड
images

आँबुखैरेनी। आँबुखैरेनी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, युवा रोजगारी, सीप विकास, पूर्वाधार निर्माण तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

गाउँपालिकाले समृद्ध र आत्मनिर्भर आँबुखैरेनी निर्माणको लक्ष्यसहित आँबुखैरेनी अस्पतालको स्तरोन्नति, विपन्न नागरिकको निःशुल्क उपचार, चेपाङ समुदायका लागि निःशुल्क स्वास्थ्य बिमा, प्रविधिमैत्री विद्यालय, उच्च शिक्षाको विस्तार तथा खेलकुद पूर्वाधार विकासका कार्यक्रम अघि सारेको छ।

त्यस्तै उत्पादनमा आधारित कृषि अनुदान, पशु तथा बाली बिमा, पर्यटन क्षेत्रको प्रवर्द्धन, सडक, खानेपानी तथा सिँचाइ विस्तारलाई आगामी वर्षका प्रमुख कार्यक्रमका रूपमा समेटिएको छ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विपन्न समुदायलाई केन्द्रमा राखेर सामाजिक न्याय, समानता र समावेशी विकासका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। साथै वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन, विपद् तयारी तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई पनि विशेष प्राथमिकता दिइएको छ।

“पर्यटन, कृषि, उद्यम र पूर्वाधार : सुखी र समृद्ध आँबुखैरेनीको आधार” तथा “शिक्षा,स्वास्थ्य र सामाजिक सुरक्षाको महत्व : आँबुखैरेनी गाउँपालिकाको दायित्व” भन्ने मूल नारासहित गाउँपालिकाले नागरिकमुखी, उत्तरदायी र विकासमुखी कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।

images
प्रकाशित मिति :आषाढ ३, २०८३ बुधवार - १७:१४:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology