Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

लागूऔषध सहित सात जना पक्राउ

लागूऔषध सहित सात जना पक्राउ

images

इच्छाकामना न्युज

६, आषाढ २०८३
लागूऔषध सहित सात जना पक्राउ
images

काठमाडौं।लागूऔषध सहित विभिन्न स्थानमाबाट सात जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका-१६ सिपाली चोकबाट लागूऔषध गाँजा करिब २ किलो ३५० ग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१६ चिसापानी चोक बस्ने ५० वर्षीय इन्द्र भन्ने खडानन्द चौलागाई र ३८ वर्षीय बिष्णु भन्ने निल बहादुर दाहाल रहेका छन् । अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

यसैगरी, धनकुटाको सहिदभूमी गाउँपालिका-६ थलथले बजारबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल २ ट्याब्लेट, स्पास्मो २ ट्याब्लेट र डाइक्लोमाइन २ ट्याब्लेट सहित ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनकुटा नगरपालिका-७ बस्ने २९ वर्षीय दर्शन राई, सोही नगरपालिका-१० बस्ने २८ वर्षीय नमुनेश भुजेल र सहिदभूमी गाउँपालिका-२ साम्बुगाउँ बस्ने २३ वर्षीय आयुष राई रहेका छन् । प्रहरी चौकी आँखिसल्लाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट प्र.३-०२.००१ प ८४३० नम्बरको स्कुटर र बा.प्र.०२-०५०प ६५६६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

यस्तै, बर्दियाको मधुवन नगरपालिका-८ बाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्रामसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने ३९ वर्षीय मेहदी हसन अन्सारी र सोही नगरपालिका-८ बस्ने २३ वर्षीय भुपेन्द्र राना क्षेत्री रहेका छन् । इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही नगरपालिका-८ शिवनगर बस्ने २५ वर्षीय हरी भन्ने प्रभान्नद न्यौपानेको घरबाट लिएको भन्ने खुल्नासाथ उनको घर तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ५१० मिलिग्राम फेला पारी प्रहरीले बरामद गरेको छ । प्रहरीले हाल फरार प्रभान्नदको खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 
 

images
प्रकाशित मिति :आषाढ ६, २०८३ शनिवार - १५:४९:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology