Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

‘इलिफेन्ट इन द फग’लाई काठमाडौं महानगरको १० लाखसहित सम्मान

‘इलिफेन्ट इन द फग’लाई काठमाडौं महानगरको १० लाखसहित सम्मान

images

इच्छाकामना न्युज

६, आषाढ २०८३
‘इलिफेन्ट इन द फग’लाई काठमाडौं महानगरको १० लाखसहित सम्मान
images

काठमाडौं।चलचित्रलाई समुदायमा पुर्याउन तथा समुदायलाई चलचित्र भवनसम्म पुर्याउन तथा चलचित्रमार्फत रचनात्मक उद्योगको आयाम बढाउन काठमाडौँ महानगरपालिकाले ‘टोल टोलमा फिल्म महोत्सव’ सुरु गरेको छ । (शुक्रबार) खुला मञ्चबाट कार्यवाहक प्रमुख सुनिता डंगोलले, ‘महोत्सव’ शुभारम्भ गरेकी हुन् ।

त्यस अवसरमा कान्स फिल्म फेस्टिभलमा अनसर्टेन रिगार्ड विधामा ‘जुरी प्राइज’ र ‘वेस्ट साउण्ड क्रियसन’ अवार्डेड नेपाली कथानक चलचित्र ‘इलिफेन्ट इन द फग (तिनीहरु)’लाई नगद १० लाख रुपैयाँसहित सम्मान गरियो ।
२०८३ वैशाख २९ गतेदेखि जेठ ९ गते (१२–२३ मे, २०२६) सम्म फ्रान्समा आयोजना भएको कान्स फिल्म फेस्टिभलको ७९ औँ श्रृङ्खलामा अविनाश विक्रम शाह निर्देशित यस चलचित्रले अनसर्टेन रिगार्ड विधामा ‘जुरी प्राइज’ प्राप्त गरेको थियो ।

कान्स प्रिमियरमा चलचित्रलाई दर्शकले उभिएर निरन्तर ८ मिनेट लामो तालीबाट सम्मान दिएको थियो । फेस्टिभलमा चलचित्रले ‘वेस्ट साउण्ड क्रियसन’ अवार्ड समेत प्राप्त गरेको थियो । नेपाली चलचित्र उद्योगको गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा उच्च बनाउन चलचित्रका लेखक, निर्माता, निर्देशक, कलाकार, प्राविधिक तथा पर्दा अगाडि र पछाडि रहेका सबै सर्जकको सिर्जनालाई प्रोत्साहन गर्न महानगरपालिकाले सम्मान प्रदान गरेको हो ।

सम्मान अवसरमा चलचित्रका सबै विभागबाट प्रतिनिधित्व गर्दै ४० जना सहभागी भएका थिए । उनीहरुलाई कार्यवाहक प्रमुख डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, सामाजिक समितिका संयोजक रामकुमार के। सी। सहित अधिकारीहरुले सम्मान प्रदान गरेका थिए ।

 
 

images
प्रकाशित मिति :आषाढ ६, २०८३ शनिवार - १७:५१:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology