Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

चितवनलाई चेसमा दुई स्वर्ण, समग्रमा दोस्रो स्थान

चितवनलाई चेसमा दुई स्वर्ण, समग्रमा दोस्रो स्थान

इच्छाकामना न्युज

७, आषाढ २०८३
चितवनलाई चेसमा दुई स्वर्ण, समग्रमा दोस्रो स्थान

चितवन। प्रदेश खेलकुद विकास परिषद्द्वारा आयोजित तेस्रो खेलकुद प्रतियोगिताअन्तर्गत असार ३ देखि ९ गतेसम्म सञ्चालन भएको बुद्धिचाल (चेस) प्रतियोगितामा चितवनले उत्कृष्ट प्रदर्शन गर्दै समग्रमा दोस्रो स्थान हासिल गरेको छ।

images

प्रतियोगिताको महिला तर्फका तीन विधामध्ये प्रतिभाशाली खेलाडी लक्ष्मी कडेलले दुई विधामा स्वर्ण पदक जित्दै चितवनको गौरव बढाएकी छन्। उत्कृष्ट प्रदर्शनका आधारमा उनी ‘बेस्ट प्लेयर’ पुरस्कारबाट समेत सम्मानित हुने भएकी छन्।

पुरुषतर्फ क्लासिक विधामा प्रतिस्पर्धा गरेका राजु त्रिपाठीले उत्कृष्ट खेल प्रदर्शन गर्दै पाँचौँ स्थान हासिल गरेका छन्। उक्त उपलब्धिसँगै उनले सान्त्वना पुरस्कार पनि प्राप्त गरेका छन्।

चितवन टोलीको नेतृत्व टिम म्यानेजर तथा चितवन जिल्ला बुद्धिचाल संघका अध्यक्ष मोहन श्रेष्ठले गरेका थिए। टोलीको समन्वय, रणनीति र खेलाडीहरूको मेहनतले चितवनलाई समग्र बुद्धिचाल प्रतियोगितामा दोस्रो स्थान दिलाउन महत्वपूर्ण योगदान पुगेको बताइएको छ।

यस उपलब्धिबारे प्रतिक्रिया दिँदै अध्यक्ष श्रेष्ठले खेलाडीहरूको निरन्तर मेहनत, अनुशासन र समर्पणकै परिणामस्वरूप यो सफलता हासिल भएको बताए। उनले आगामी दिनमा चितवनलाई राष्ट्रियस्तरको बुद्धिचाल खेलमा अझ सशक्त रूपमा स्थापित गर्ने लक्ष्य रहेको पनि उल्लेख गरे।

 
 

images
प्रकाशित मिति :आषाढ ७, २०८३ आइतवार - १३:४२:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology