Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने

रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने

रासस

९, आषाढ २०८३
रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत कुनै पनि पदका उम्मेद्वारका प्रस्तावकले अर्को उम्मेद्वारको प्रस्तावक बन्न नपाउने भएका छन् । पार्टीको केन्द्रीय निर्वाचन आयोगले सूचना जारी गरी कुनै एक व्यक्तिले एकभन्दा बढी उम्मेद्वारको उम्मेद्वारी फारममा प्रस्तावकका रूपमा हस्ताक्षर गर्न नपाइने जनाएको हो ।

images
त्यसैगरी, कुनै पनि पदका उम्मेद्वारका एक समर्थकले एकभन्दा बढी उम्मेद्वारको उम्मेद्वारी फारममा समर्थकका रूपमा पनि हस्ताक्षर गर्न नपाइने आयोगले स्पष्ट गरेको छ । आयोगका प्रमुख भुवन केसीका अनुसार पार्टी सभापति पदका उम्मेद्वारले मनोनयन फारम दाखिला गर्दा एक जना प्रस्तावक र ५१ जना समर्थकको अनिवार्य रूपमा नाम, सम्पर्क नम्बर र हस्ताक्षर गरेको हुनुपर्ने छ ।
त्यस्तै, पार्टी पदाधिकारी र केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने हरेकले दाखिला गर्ने मनोनयन फारममा एक जना प्रस्तावक र २१ जनाका दरले समर्थकको नाम, सम्पर्क नम्बर र हस्ताक्षर भएको हुनुपर्नेछ । केसीले नियमविपरीत उम्मेद्वार मनोनयन फारम दाखिला हुन आएमा उक्त उम्मेद्वारी फारम स्वतः अमान्य ठहर हुने बताउनुभयो । महाधिवेशनको बन्दसत्र आज हुने भएको छ । बन्दसत्रपछि निर्वाचन प्रक्रिया अघि बढ्ने रास्वपाले जनाएको छ । रासस

images
प्रकाशित मिति :आषाढ ९, २०८३ मंगलवार - ११:२४:१४ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology