Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

पौडेलको गिरफ्तारीप्रति एमालेको आपत्ति, रिहाइको माग

पौडेलको गिरफ्तारीप्रति एमालेको आपत्ति, रिहाइको माग

images

इच्छाकामना न्युज

९, आषाढ २०८३
पौडेलको गिरफ्तारीप्रति एमालेको आपत्ति, रिहाइको माग
images

काठमाडौँ।
नेकपा (एमाले)ले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीप्रति घोर भत्र्सना गरेको छ। मंगलबार बसेको संसदीय दलको बैठकले उनको गिरफ्तारीको कडा शब्दमा निन्दा गर्दै अविलम्ब विनासर्त रिहाइको माग गर्ने निर्णय गरेको संसदीय दलका सचेतक ऐन महरले जानकारी दिए।

उनले भने, ‘एमाले संसदीय दलको बैठकले विष्णु पौडेलको गिरफ्तारीप्रति घोर भत्र्सना गरेको छ र उहाँलाई अविलम्ब विनासर्त रिहा गर्न माग गरेको छ।’त्यस्तै, उनको अनुसार सरकार तानाशाही र स्वेच्छाचारी अधिनायकवादको बाटोमा हिँडेको तथा विधिको शासन र कानुनी राज्यको खिलाफमा रहेको निष्कर्ष बैठकले निकालेको छ।

‘सरकार तानाशाही र स्वेच्छाचारी बाटोमा छ। यो कदम पूर्णतः अधिनायकवादी छ र विधिको शासन एवं कानुनी राज्यको विरुद्धमा छ,’ उनले थपे। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीले पौडेललाई सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ गरेको हो।

 
 

images
प्रकाशित मिति :आषाढ ९, २०८३ मंगलवार - १८:४०:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology