Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

इच्छाकामना गाउँपालिकाको ६८ करोडभन्दा बढीको बजेट सार्वजनिक

इच्छाकामना गाउँपालिकाको ६८ करोडभन्दा बढीको बजेट सार्वजनिक

images

इच्छाकामना न्युज

१०, आषाढ २०८३
इच्छाकामना गाउँपालिकाको ६८ करोडभन्दा बढीको बजेट सार्वजनिक
images

चितवन । इच्छाकामना गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ६८ करोड ४२ लाख २८ हजार रुपैयाँको वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ।

कुल बजेटमध्ये ४६ करोड ३९ लाख रुपैयाँ चालु खर्च र २१ करोड ८५ लाख रुपैयाँ पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ। गाउँपालिकाले सामाजिक विकासलाई उच्च प्राथमिकतामा राख्दै २६ करोड ९५ लाख ६९ हजार रुपैयाँ विनियोजन गरेको छ भने पूर्वाधार विकासका लागि २२ करोड ८६ लाख १३ हजार रुपैयाँ छुट्याएको छ।

सुशासन तथा संस्थागत क्षमता विकासमा १२ करोड ४२ लाख, आर्थिक विकासतर्फ ५ करोड ११ लाख ८२ हजार तथा वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि ८८ लाख ७१ हजार रुपैयाँ विनियोजन गरिएको छ। शिक्षा तथा स्वास्थ्य क्षेत्रअन्तर्गत विद्यालय भौतिक सुधारका लागि २ करोड ३५ लाख, मावि ढुङ्ग्रे भवन सम्पन्न गर्न ४० लाख, आवि पामडाँडा भवन निर्माणका लागि ७० लाख तथा इच्छाकामना अस्पताल सुदृढीकरणका लागि १ करोड ३९ लाख रुपैयाँ छुट्याइएको छ।

पर्यटन, संस्कृति तथा उद्यमशीलता प्रवर्द्धनका लागि लामो झरना पर्यटकीय तथा धार्मिक स्थलको पूर्वाधार विकासमा २ करोड २३ लाख रुपैयाँ विनियोजन गरिएको छ। होटल, रेष्टुरेन्ट, होमस्टे, कला–संस्कृति प्रवर्द्धन तथा रैथाने बाली संरक्षणका लागि ६५ लाख रुपैयाँ छुट्याइएको छ।

गौरवका सडक आयोजनाअन्तर्गत कालिङ–जौतेस–थाप्राङ–चौकिडाँडा सडक स्तरउन्नतिका लागि २ करोड रुपैयाँ तथा वर्ल्याङ–हपनी–काउले–भोटेगाउँ सडक स्तरोन्नतिका लागि पनि २ करोड रुपैयाँ विनियोजन गरिएको छ।

यस्तै, वडास्तरीय समग्र पूर्वाधार विकासका लागि वडा नं. ३ मा १ करोड ३५ लाख, वडा नं. ४ मा १ करोड ६९ लाख, वडा नं. ५ मा १ करोड ५२ लाख, वडा नं. ६ को सडक पूर्वाधारमा १ करोड ७७ लाख तथा वडा नं. ७ मा १ करोड ९५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ। दशौँ गाउँसभामा गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालद्वारा उक्त बजेट प्रस्तुत गरिएको हो।

images
प्रकाशित मिति :आषाढ १०, २०८३ बुधवार - १८:५०:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology