Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

फिफा विश्वकप : इराकमाथि सेनेगलको ५-० को शानदार जित

फिफा विश्वकप : इराकमाथि सेनेगलको ५-० को शानदार जित

इच्छाकामना न्युज

१३, आषाढ २०८३
फिफा विश्वकप : इराकमाथि सेनेगलको ५-० को शानदार जित

फिफा विश्वकप फुटबल-२०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा इराक १० खेलाडीमा सीमित भएपछि सेनेगलले त्यसको पूरा फाइदा उठाउँदै ५-० को प्रभावशाली जित निकालेको छ। फराकिलो जितसँगै सेनेगलले नकआउट चरण पुग्ने सम्भावना जीवित राखेको भए पनि अन्तिम निर्णय अन्य समूहका नतिजामा निर्भर रहनेछ।

images

टोरन्टोमा शनिबार बिहान सम्पन्न खेलमा इराकले १३औँ मिनेटमै रेबिन सुलाकाले रातो कार्ड पाएपछि बाँकी अधिकांश समय १० खेलाडीमा खेलेको थियो। त्यसपछि सेनेगलले खेलमा पूर्ण नियन्त्रण कायम गर्दै गोलको वर्षा गर्यो।

सेनेगलका लागि पापे गुएले दुई गोल गर्दा हबिब डियारा, इस्माइला सार र इलमान न्डियाएले समान एक–एक गोल गरे। पहिलो हाफ १–० मा सकिएको खेलमा दोस्रो हाफमा सेनेगलले थप चार गोल गर्दै शानदार जित सुनिश्चित गर्यो।

यस जितसँगै सेनेगलले तीन खेलबाट तीन अंक जोड्दै समूह ‘आई’मा तेस्रो स्थानमा रहँदै उत्कृष्ट तेस्रो स्थानका टोलीहरूको सूचीमा आफूलाई बलियो बनाएको छ। यद्यपि नकआउट चरणमा स्थान सुरक्षित गर्न उसले अन्य समूहका खेलको नतिजा पर्खिनुपर्ने अवस्था छ। उता, लगातार तीन खेलमा पराजित भएको इराक अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

यस समूहबाट फ्रान्स तीनवटै खेल जितेर समूह विजेता बनेको छ भने नर्वे ६ अंकसहित उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।

images
प्रकाशित मिति :आषाढ १३, २०८३ शनिवार - ०८:३६:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology