काठमाडौँ।नेपाली बजारमा आज (आइतबार) सुनचाँदीकै मूल्य बढेको छ। आज सुनको तोलामा ४ हजार ७ सय रुपैयाँ बढेर २ लाख ८३ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो।
गएको शुक्रबार पनि सुनको भाउ तोलामा आठ सय बढेको थियो। त्यसअघिका तीन दिनमा सुनको १० हजार ४ सय रुपैयाँ घटेको थियो। सुनको भाउ गएको शुक्रबार २ लाख ७९ हजार १ सय रुपैयाँ थियो। त्यसैगरी आज चाँदीको भाउ पनि तोलामा १ सय ४५ रुपैयाँ बढेर ४ हजार ३ सय २५ रुपैयाँ पुगेको छ।