Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

इच्छाकामनालाई चिनाउन ‘चितवनदेखि चुचुरोसम्म’ को नाराका साथ मुग्लिनका कुमार गुरुङ सगरमाथा आरोहण गर्ने

इच्छाकामनालाई चिनाउन ‘चितवनदेखि चुचुरोसम्म’ को नाराका साथ मुग्लिनका कुमार गुरुङ सगरमाथा आरोहण गर्ने

इच्छाकामना न्युज

३, चैत्र २०७७
इच्छाकामनालाई चिनाउन ‘चितवनदेखि चुचुरोसम्म’ को नाराका साथ मुग्लिनका कुमार गुरुङ सगरमाथा आरोहण गर्ने

मुग्लिन, ३ चैत । चितवनको इच्छाकामना ५ मुग्लिनका कुमार गुरुङले विश्वकै सर्वोच्च शिखर सगरमाथा  हिमाल आरोहण गर्ने भएको छ । इच्छाकामनाको प्रचार–प्रसार तथा विकासमा टेवा पु¥याउन ‘चितवन देखि चुचुरो सम्म’ भन्ने मुल नाराका साथ चितवनकै सबै भन्दा अग्लो पहाड सिराईचुली देखि संसारकै अग्लो हिमाल सगरमाथा सम्मको शाहसिक यात्रा गर्ने भएको हो । मंगलबार मुग्लिनमा एक कार्यक्रमको आयोजना गरि सगरमाथा आरोहण गर्ने जानकारी गराइएको हो ।

images

इच्छाकामनालाई चिनाउन प्रचार प्रसारका लागि सिराइचुली देखि सगरमाथा सम्म आरोहण गर्न लागिएको कुमार गुरुङले बताउनु भयो । आरोहणका लागि आवश्यक सहयोग गर्न गाउँपालिकाका उपाध्यक्ष कृति कुमार श्रेष्ठको संयोजकमा समिति समेत गठन गरेको छ ।

160431380_734125903937135_6344377817225951679_n.jpg

आरोहणका लागि आवश्यक आर्थिक संकलन समेत गरिने भएको छ । राजेन्द्र लामाको संयोजकमा आर्थिक समिति गठन गरिएको छ । साथै प्रचार–प्रसार संयोजकमा कुमार श्रेष्ठ, मिडिया संयोजकमा विनोद श्रेष्ठ रहेका छन् ।

आरोहणका लागि गाउँपालिकाले समेत सहयोग गर्ने जनाएको छ । गाउँपालिका उपाध्यक्ष कृति कुमार श्रेष्ठले इच्छाकामनाबाट पहिलो पटक सगरमाथा आरोहण गर्न लागिएको भन्दै गाउँपालिकाले पनि आवश्यक सहयोग गर्ने बताउनुभयो । कुमारको आरोहण सफल भए इच्छाकामनाकै पहिलो सगरमाथा आरोही बन्नु हुने छ ।

161022413_2835582416655287_8666851357564221180_n.jpg

साथै इच्छाकामना मन्दिर संरक्षण समितिका अध्यक्ष राम प्रसाद बोहोरा र त्रिवेणि युवा क्लबका अध्यक्ष मुक्ति कुमार श्रेष्ठले पाँच/पाँच हजार सहयोग गर्ने प्रतिबद्वता जनाएका छन् । कार्यक्रममा वडा सदस्य निरु श्रेष्ठ, इच्छाकामना उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण गुभाजु ,शिक्षक संजिव सिलवाल, इच्छाकामना सञ्चारकर्मी संघका अध्यक्ष रोहिणी त्रिपाठीले मन्तव्य राख्दै आरोहणका लागि सुरु गरिएको अभियानमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

आगामी अप्रिलको अन्तिम तिर सगरमाथा आरोहण गर्ने जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र ३, २०७७ मंगलवार - २२:२८:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology