Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

पत्रकार खेम भण्डारी पक्राउ

पत्रकार खेम भण्डारी पक्राउ

images

इच्छाकामना न्युज

१८, आषाढ २०८३
पत्रकार खेम भण्डारी पक्राउ
images

काठमाडौँ । कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा गाली बेइज्जती मुद्दामा दोषी ठहर भएका भण्डारीलाई फैसला कार्यान्वयनका लागि आज विहान महेन्द्रनगर बजार क्षेत्रबाट पक्राउ गरिएको कञ्चनपुरका डिएसपी टेकबहादुर रावतले बताए । 

निर्मला पन्त प्रकरणमा गाली बेइज्जतीको मुद्दामा कञ्चनपुर जिल्ला अदालतले पत्रकार भण्डारीलाई १ जेठ २०८२ मा दोषी ठहर गर्दै एक महिना कैद, १० हजार जरिवाना र एक लाख क्षतिपूर्ति भराउने फैसला गरेको थियो । 

जिल्लाको फैसला सदर गर्दै उच्च अदालतले थप ७ दिन कैद र २ हजार रुपैयाँ जरिवाना गरेको थियो । सरकारले निर्मला पन्त हत्या प्रकरणको नयाँ शिराबाट अनुसन्धान सुरु गरेसँगै पत्रकार भण्डारी सक्रिय भइरहँदा पक्राउ परेका हुन् । 

images
प्रकाशित मिति :आषाढ १८, २०८३ बिहिवार - ११:२०:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology