Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

रूपन्देहीमा घाँटीबाटै सुनका सिक्री लुट्ने पाँच जना पक्राउ

रूपन्देहीमा घाँटीबाटै सुनका सिक्री लुट्ने पाँच जना पक्राउ

इच्छाकामना न्युज

१९, आषाढ २०८३
रूपन्देहीमा घाँटीबाटै सुनका सिक्री लुट्ने पाँच जना पक्राउ

रूपन्देहीका विभिन्न स्थानमा महिलाको घाँटीबाट सुनका सिक्री तानेर लुट्ने (स्न्याचिङ) घटनामा संलग्न पाँच जनालाई प्रहरीले चोरी गरिएका सुनका सिक्रीसहित पक्राउ गरेको छ ।

images

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयबाट खटिएका संयुक्त टोलीले छुट्टाछुट्टै घटनाको अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार बुधबार गैडहवा गाउँपालिका-६ स्थित सूर्यपुरा हाटबजारमा भीडभाडको मौका छोपी एक महिलाको घाँटीबाट गणेश भगवान्को लकेटसहितको सुनको सिक्री तानेर फरार हुने बाराको बारागढी गाउँपालिका-३ शिवपुराका २५ वर्षीय विकास रायलाई इलाका प्रहरी कार्यालय सूर्यपुराको टोलीले पक्राउ गरेको हो।

उनको साथबाट १० ग्राम ८३० मिलीग्राम तौलको एक थान सुनको सिक्री बरामद भएको प्रहरीले जनाएको छ। थप अनुसन्धानका लागि उनलाई इलाका प्रहरी कार्यालय लुम्बिनी पठाइएको छ।

यस्तै, असार १० गते रूपन्देहीको तिलोत्तमा नगरपालिका-४ ड्राइभरटोलस्थित चाँदनी मार्गमा पैदल हिँडिरहेकी एक महिलाको घाँटीबाट मोटरसाइकलमा आएका व्यक्तिले सुनको सिक्री लुटेर फरार भएका थिए। घटनाको अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले थप चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको गोरखपुर निवासी ३२ वर्षीय राहुल जयसवाल, भारतको महाराजगन्ज निवासी २२ वर्षीय प्रिन्स जयसवाल, भारतको बिहार निवासी ३० वर्षीय नितेशकुमार गुप्ता तथा रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-५ निवासी ३२ वर्षीय प्रदीप कान्दु रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूबाट २२.२२ ग्राम तौलको एक थान सुनको सिक्री, नौ ग्राम तौलको अर्को एक थान सुनको सिक्री तथा लु५७प २४३२ नम्बरको मोटरसाइकल बरामद गरिएको छ।

प्रहरीले पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ। उनीहरू अन्य स्न्याचिङ घटनामा समेत संलग्न भएरनभएको विषयमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।

images
प्रकाशित मिति :आषाढ १९, २०८३ शुक्रवार - ०७:५९:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology