Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

पानी पर्न थालेपछि डेङ्गीको जोखिम बढ्यो

पानी पर्न थालेपछि डेङ्गीको जोखिम बढ्यो

रासस

२१, आषाढ २०८३
पानी पर्न थालेपछि डेङ्गीको जोखिम बढ्यो

काठमाडौँ।पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले दैनिक पानी पर्न थालेपछि डेङ्गीको जोखिम पनि बढ्ने बताउनुभयो ।

images
“केही दिनअघि परेको पानीले डेङ्गी सङ्क्रमण बढाउने खतरा रहेको छ”, उहाँले भन्नुभयो, “आकाशबाट परेको पानी जम्मा हुँदा त्यसमा डेङ्गी सार्ने लामखुट्टेको विकास हुने गर्दछ । र त्यही लामखुट्टेले डेङ्गी सार्ने गर्दछ ।” उहाँले पानी पर्न सुरु गरेकोले डेङ्गी सङ्क्रमणको जोखिम पनि बढेको बताउनुभयो । उहाँले डेङ्गीबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभयो ।
कीटजन्य रोग शाखा प्रमुख डा दाहालका अनुसार डेङ्गी सङ्क्रमणको जोखिम असारदेखि कात्तिकसम्म कायम रहन्छ । “पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फूल पार्दछ र ती फूलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएर मानिसलाई टोकेपछि डेङ्गी रोग लाग्दछ । तसर्थ लामखुट्टेले फूल पार्नसक्ने सम्भावित ठाउँ पहिचान गरी सरसफाइमा विशेष ध्यान दिनु जरुरी छ”, उहाँले भन्नुभयो । रासस
 
 

images
प्रकाशित मिति :आषाढ २१, २०८३ आइतवार - १७:४२:५३ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology